१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रमेश खरेलको राजीनामा स्वीकृत

काठमाडौं– गृह मन्त्रालयले प्रहरी नायव महानिरीक्षक (डिआइजी) रमेश खरेलको राजीनामा स्वीकृत गरेको छ।
खरेलले आइजिपी नियुक्तीमा असन्तुष्टि जनाउँदै बुधबार विहान राजीनामा दिएका थिए। 

सरकारले मंगलबार डिआइजी सर्वेन्द्र खनाललाई आइजिपी नियुक्त गरेको थियो। खनालसँगै आइजिपीको दौडमा रहेका खरेलले आफ्नो मूल्यांकन नभएको भन्दै राजीनामा दिएका हुन्। 

प्रहरी नियमावलीको नियम १२९ (ख) अन्तर्गत डिआइजीको राजीनामा गृहमन्त्रीले स्वीकृत गर्छन। राजीनामा पत्रमा खरेलले घरायसी समस्याले राजीनामा दिएको उल्लेख गरेका छन्।

प्रकाशित: २८ चैत्र २०७४ १२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App