२ सय ७८ थान सालको चिरान काठ बरामद

बुधबार, २८ चैत २०७४, १५ : ४७ सरिता श्रेष्ठ

धादिङ – धादिङको गल्छी गाउँपालिका वडा नं ८ तिनघरेबाट २ सय ७८ थान सालको चिरान काठ बरामद गरिएको छ।

अवैध रुपमा संचालित स–मिल (फर्निचर उद्योगबाट) २ सय ७८ थाल (१ सय ८५ क्यु फिट) सालको चिरान काठ जिल्ला वन कार्यालय धादिङले बरामद गरेको हो। फर्निचर उद्योग नजिकै झारपातले छोपेर लुकाएको अवस्थामा सालाक काठपातहरू फेला परेका हुन्।

फर्निचर उद्योगका संचालक चित्र बहादुर मगर भने फरार भएका छन्। उक्त फर्निचर उद्योग संचालनमा कुनै पनि अनुमति नरहेको जिल्ला वन कार्यालय धादिङले जनाएको छ। वनबाट अनुमति नलिई अवैध रुपमा संचालनमा ल्याइएको फर्निचर उद्योगमा विद्युत आपूर्ति नहुने भएपछि संचालक चित्र बहादुरले आफ्नै नाममा खोलेको धान कुट्ने मिलबाट फर्निचर उद्योगमा विद्युत आपूर्ति गराएका छन्।

फर्निचर उद्योग संचालन गर्न जिल्ला वन कार्यलय धादिङबाट अनुमति लिइ कानुनी प्रक्रिया पुरा गनुपर्ने हुन्छ। कार्यालयले सुराकीका आधारमा खोजतलास गर्दै जाँदा अवैध फर्निचर उद्योगमा अवैध काठ फेला पारेको जिल्ला वन कार्यालय धादिङका प्रमुख इमानाथ पौडेलले जानकारी दिए।

पृथ्वी राजमार्गको गल्छीबाट करिव एक घण्टामा पुगीने उक्त ठाउँबाट कसैले पनि सालको रुख काट्नेको लागि अनुमति नलिएको कार्यालयले जनाएको छ। अनुमति नलिएकाले फर्निचर उद्योगमा बरामद भएको सालकको चिरान काठ पनि अवैधानिक रहेको पौडेलले बताए।

बरामद गरिएको सबै काठ र काठबाट बनाइदै गरेका झ्याल ढोकाहरू पनि नियन्त्रणमा लिइ सेक्टर वन कार्यलय गलौदीमा राखिएको छ।







यसमा तपाईको मत

अन्य समाचार

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

तपाईंको आइफोनले पाउँदै छ नयाँ iOS अपडेट

तपाईंको आइफोनले पाउँदै छ नयाँ iOS अपडेट

iOS १३ आइफोन सिक्स एसभन्दा पछि र सँगै रिलिज भएका आइफोनहरूमा उपलब्ध हुनेछ ...

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

Ncell Footer Ad