१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भक्तपुरमा पुनः सुजखु

भक्तपुर – भक्तपुर जिल्ला फुटबल संघको अध्यक्षमा गौतम सुजखु पुनः सर्वसम्मत चयन भएका छन् । संघको मंगलबार सम्पन्न पाँचौं जिल्ला अधिवेशनले सुजखुको अध्यक्षतामा नौ सदस्यीय नयाँं कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

नयाँं कार्यसमितिको उपाध्यक्षद्वयमा रामकृष्ण प्रजापति र रवीन्द्रकुमार थापा चुनिएका  छन् । त्यस्तै सदस्यहरूमा योगेन्द्र खर्बुजा, सञ्चज्ञान याकामी, तीर्थ राजचल, गोविन्द कार्की, हरिराम मुस्याख्व र इन्द्रप्रसाद राजलवट सर्वसम्मत भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) को विधानअनुसार निर्वाचित सदस्यबाटै संघको महासचिव र कोषाध्यक्ष मनोनीत गरिने व्यवस्था छ।

संघका नवनिर्वाचित पदाधिकारीहरुलाई एन्फाका उपमहासचिव सञ्जीव मिश्रले पद तथा गोपनीयताको शपथ खुवाए। संघले यसअघि अधिवेशन बोलाउँदा सबै क्लबलाई आधिकारिकता नदिएको भन्दै असन्तुष्ट पक्षले भक्तपुर जिल्ला अदालतमा मुद्दा हालेका थिए।

चारवटा क्लबको मुद्दामा जिल्ला अदालतले संघको अधिवेशन रोक्न अन्तरिम आदेश दिएको थियो । मुद्दा हालेका क्लबले मुद्दा फिर्ता लिएपछि एन्फालाई भक्तपुर जिल्ला संघको अधिवेशन गराउन बाटो खुलेको थियो।

प्रकाशित: २८ चैत्र २०७४ ०५:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App