१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उद्योग मन्त्री र चिनियाँ प्रतिनिधीबीच भेट

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको स्टेट एडमिनिस्ट्रेसन ट्रेड एन्ड कमर्सका उपमन्त्री गान लिन नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ।

सोमबार भएको भेटवार्तामा मन्त्री यादव र प्रतिनिधिमण्डलबीच उपभोक्ता हित तथा अधिकारका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । उक्त अवसरमा मन्त्री यादवले नेपाल राजनीतिक संक्रमण अन्त्य भइ आर्थिक समृद्धि र विकासमा मूर्तरुपमले अगाडि बढेको बताए।

मन्त्री यादवले चीनको आर्थिक विकासमा आफूलाई खुशी लागेको उल्लेख गर्दै नेपालको समृद्धिका लागि पनि सहयोग गर्न आग्रहसमेत गरे । मन्त्री यादवले गत वर्ष नेपाल सरकारको आपूर्ति मन्त्रालय र चीनको स्टेट एड्मिनिस्ट्रेसन फर इन्डस्ट्री एन्ड कमर्सबीच भएको उपभोक्ता अधिकार संरक्षणका विषयमा भएको सम्झौतालाई कार्यान्वयनमा गर्ने  विषयलाई जोड दिए ।उपभोक्ता हितका विषयमा दुई देशबीचका कानुनका विषयका जानकारी आदान प्रदान गर्ने र बजारलाई स्वास्थ्य बनाई राख्न निरन्तर छलफल हुनुपर्ने मन्त्री यादवले बताए।

त्यसैगरी, चिनीया उपमन्त्रीले चीन–नेपालबीच हजारौं वर्षको मित्रवत् सम्बन्धलाई विस्तार गर्दै जानु पर्नेमा जोड  दिए । उनले दुई देशबीचको सहकार्यले एकअर्काको भाग्य निर्माण हुने भन्दै आफ्नो देशले नेपालसँगको सम्बन्धलाई विशेष जोड दिएको बताए । उनले बजार नियमन र उपभोक्ताका विषयमा दुई देशबीच सहकार्य गरेर अगाडि बढ्ने र त्यस क्षेत्रमा नेपाललाई सहयोग गर्ने विश्वास दिलाएको मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित: २८ चैत्र २०७४ ००:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App