चीन सरकारको सहयोगमा सिंहदरबारमा सौर्य बत्ती झलल

मङ्गलबार, २७ चैत २०७४, १७ : ४२ नागरिक

काठमाडौं– मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आजदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालिएको छ। चीन सरकारको सहयोगमा बनेको एक मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्तरुपमा उद्घाटन गरे। 

सौर्य ऊर्जा उत्पादनका निम्ति प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, ऊर्जा मन्त्रालयसहित सिंहदरबारस्थित २१ वटा भवनका छतमा सौर्य प्यानल जडान गरिएको छ। दुई वर्षअघिदेखि ती प्यानल राख्न थालिएको थियो। करिब रु ६० करोड लागत रहेको ‘चाइना एड फोटोभोल्टिक परियोजना’ सोलार बत्ती नेपाल विद्युत् प्राधिकरणको ग्रिडमा जोडिनेछ। 

सो अवसरमा प्रधानमन्त्री ओलीले सौर्य प्रणाली मुलुकको आर्थिक विकाससँग जोडिएको महत्वपूर्ण परियोजना भएको र यस्ता आयोजनालाई अन्य क्षेत्रमा पनि विस्तार गर्न सके समृद्धिको यात्रामा सहयोग सिद्ध हुने विश्वास व्यक्त गरे। उनले नेपालजस्तो भौगोलिक विविधतायुक्त मुलुकमा सौर्य ऊर्जा प्रणाली अति उपयोगी र सान्दर्भिक हुने भन्दै यसलाई समृद्धिको आधारका रुपमा अघि बढाइनुपर्नेमा जोड दिए। 

प्रधानमन्त्री ओलीले मुलुक राजनीतिक संक्रमण व्यवस्थापन गरी आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहेको उल्लेख गर्दै समृद्धिको यस अभियानमा अधिक उद्योग स्थापना र रोजगारी सिर्जना गर्न तथा पूर्वाधार विकास, सम्पर्क सञ्चाल विस्तारका निम्ति सरकारको ध्यान केन्द्रित भएको उल्लेख गरे। ‘दोहोरो अंकको आर्थिक वृद्धि र परिणाम देखिने गरी देशको विकास गरेर जनतालाई अनुभूत गराउँछौँ त्यसका लागि हाम्रा काम कारवाहीलाई तीव्र गतिमा अघि बढाउन जरुरी हुन्छ’, उनले भने। 

प्रधानमन्त्री  ओली र चीनका राजदूत यु होङको समुपस्थितिमा सिंहदरबारमा चीन सरकारको सहयोगमा जडित एक मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरलाई मंगलबार हस्तान्तरण गर्दै चिनियाँ राजदूतावासका इकोनोमिक काउन्सिलर वाइ पिङ । 

चीनसँगको सदियौँदेखिको पारस्परिक सम्बन्धलाई थप उचाइमा पु-याई आपसी हितका साझा कार्यक्रमलाई समन्वयात्मक ढङ्गले अघि बढाइने प्रधानमन्त्रीको भनाइ थियो। 

ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले परियोजनाबारे जानकारी दिँदै वातावरण व्यवस्थापन र विकासमा सौर्य ऊर्जा परियोजना महत्वपूर्ण भएको बताए। 

चिनियाँ राजदूत यु होङले विकास र समृद्धिका लागि दुई देशबीच लामो समयदेखि समन्वयात्मक सहकार्य रहँदै आएको र त्यसको पछिल्लो उदाहरण सौर्य ऊर्जा महत्वपूर्ण परियोजना भएको उल्लेख गरिन। चीन विश्व अर्थतन्त्रको शक्तिशाली मुलुक भएको र पर्यटनको हिसाबले पनि अथाह सम्भावना रहेको भन्दै उनले नेपालको आर्थिक विकासका लागि नयाँ सम्भावनाका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने योजना रहेको सुनाइन। 

यसअघि उक्त परियोजना चीन सरकारको तर्फबाट नेपालको ऊर्जा मन्त्रालयलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो। ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे र नेपालका लागि चिनियाँ राजदूतावासका इकोनोमिक काउन्सिलर वाइ पिङले सम्पन्न परियोजनामा हस्ताक्षर गरे। 

सो अवसरमा प्रधानमन्त्री ओली, चिनियाँ राजदूत होङलगायतले प्रधानमन्त्री कार्यालयमा जडान गरिएको सौर्य प्रणालीको अवलोकन गरेका थिए। रासस








यसमा तपाईको मत

अन्य समाचार

यी एपबाट तपाईंको फोन नम्बर सार्वजनिक हुन सक्छ

यी एपबाट तपाईंको फोन नम्बर सार्वजनिक हुन सक्छ

ब्रिटेनका भूतपूर्व प्रधानमन्त्री डेभिड क्यामरन, लेबर नेता जेरेमी कोर्बिन, विभिन्न ख्यातिप्राप्त मानिसहरू र दशौँ लाख सर्वसाधारण व्यक्तिका फोन नम्बरहरू सर्वसाधारणले...

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

Ncell Footer Ad