१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पूर्व आइजिपी शाह भन्छन्– आइजिपी लुते होइन, बलियो देखिनुपर्छ

काठमाडौं– नेपाल प्रहरीका पूर्व महानिरीक्षक रवीन्द्रप्रताप शाहले बलियो आइजिपी नियुक्त गर्न सरकारलाई सुझाव दिएका छन्। संगठनका लागि योग्य र बलियो आइजिपी आवश्यक रहेको भन्दै उनले आफूहरुको चाहना पनि यही भएको उल्लेख गरेका छन्। 

सरकारले नेपाल प्रहरीको प्रमुख नियुक्त गर्ने तयारी गरेका बेला शाहले आफ्ना आसेपासे भन्दा पनि संगठनका लागि योग्य व्यक्ति चयन गर्नुपर्नेमा जोड दिएका छन्।

राजनीतिक भागवण्डामा आइजिपी नियुक्ति हुने प्रवृतिविरुद्ध पूर्वआइजी शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जो बने पनि, आइजिपी बनेपछि लुते होइन, बलियो देखिनुपर्छ। पूर्व, वर्तमान र भविष्यको प्रहरीको समेत चाहना यति मात्रै हो।’

नेपाल प्रहरीका हालका महानिरीक्षक प्रकाश अर्यालसहित सबै एआईजीले चैत २९ गते अवकाश पाउने भएपछि सरकारले डीआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीबाट एक जनालाई सिधै आइजिपी नियुक्त गर्दैछ।

प्रकाशित: २७ चैत्र २०७४ ११:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App