उखुको तातो रस खस्दा एकको मृत्यु, दर्जनौँ घाइते

मङ्गलबार, २७ चैत २०७४, १५ : १९ नागरिक

कलैया – बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २४ श्रीपुरस्थित रिलाइन्स सुगरमिलमा उखुको तातो रस बग्ने ट्याङ्की फुट्दा तातो रस जीउमा खसेर १ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

मंगलबार बिहान सो ट्याङ्की अचानक फुट्दा ठेगाना नखुलेका भारतीय कामदार अन्दाजी ४५ वर्षीय राम स्नेहीको मृत्यु भएको बारा प्रहरीले जनाएको छ। गम्भीर घाइते स्नेहीको कलैया अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भुनेश्वर साहले जानकारी दिए।

घाइतेमध्ये रमेश यादवको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ। घाइतेलाई कलैयामा उपचार हुन नसकी थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि पठाइएको छ। मिल सुरक्षाकर्मीले घेरा हाली थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए।  (रासस)








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad