१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काममा नजाने कर्मचारीलाई बिदा गर्छौं : मन्त्री पण्डित

विराटनगर – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तीन तहको संघीय संरचनानुसार कर्मचारी आवश्यक परेकाले हाललाई कर्मचारी स्वेच्छिक अवकाश प्रक्रिया स्थगन गरिएको बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय निकायमा जनताको सेवा गर्ने कर्मचारी अपुग भएकाले आवश्यक दरबन्दी पूरा गर्न सरकारले कर्मचारीको स्वेच्छिक अवकाश स्थगन गरेको प्रष्ट पारे।

मन्त्री पण्डितले सबै कार्यालयमा परिपत्र पठाई स्थानीय निकायमा खटिएका कर्मचारीलाई पहिलेको कार्यालयमा हाजिर गराउन मन्त्रालयले रोक लगाएको बताउँदै लुकीछिपी हाजिर गराउन दिने प्रमुखलाई कारवाही गरिने चेतावनी दिए।

कर्मचारीलाई सरकारले खटाएका ठाउँमा जान बारम्बार आह्वान गरिएको बताउँदै नगएमा त्यस्ता कर्मचारीलाई बिदा दिइने स्पष्ट पारे। अर्को प्रसङ्गमा उनले आफूले चाहेको सचिव आफ्नै मन्त्रालयमा हुनुपर्छ भन्ने सोच राख्न नहुने बताउँदै सबै सचिवहरूले आ–आफ्नो जिम्मेवारी लिइसकेको प्रष्ट पारे। (रासस)

प्रकाशित: २७ चैत्र २०७४ ०९:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App