१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जन्ती बस दुर्घटना हुँदा ४० घाइते

भक्तपुर–भक्तपुरको सुडाल जितपुरमा जन्ती बस दुर्घटनामा परेको छ । जन्ती बस खस्दा करिव ४० जना घाइते भएका छन् । नगरकोट नगरपालिकास्थित सुडाल जितपुरमा भएको दुर्घटनामा घाइते २५ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।

बाँकी इवा मुरा अस्पताल सल्लाघारी, मध्यपुर थिमीस्थित मध्यपुर अस्पतालमा उपचारलगायतमा उपचार भइरहेको छ । बा४ख १९०५ नम्बरको बस भीरबाट खसेको छ ।

महानगरीय ट्राफिक प्रहरी परिसर सल्लाघारी भक्तपुरका प्रमुख कमल बडवाललले दुर्घटनाको विस्तृत विवरण आउन बाँंकी रहेको जनाए । दुलही लिन गएको गाडी दुर्घटनामा परेको उनले बताए । दुलहा जयराम तिमल्सिनाको कोटेश्वरमा जन्ती लिन आइरहेको गाडी  दुर्घटनामा परेको हो।

 

प्रकाशित: ९ भाद्र २०७३ ०७:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App