१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

मिस इको इन्टरनेसनलमा मौनता

काठमाडौ– इजिप्टमा हुन लागेको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इको इन्टरनेसनल २०१८’ मा नेपाली सुन्दरी मौनता लामाले सहभागिता जनाउने भएकी छन् । अप्रिल १० देखि ३० सम्म आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउन लामा इजिप्टतर्फ उडेकी छन्।

६० देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगीताका लागि नेपालबाट उनी एक्लो सहभागी हुन् । ग्रीन आर्ट मिडियाले राजधानीमा एक कार्यक्रम गर्दै उनलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१८’को ताज लगाइदिएर प्रतियोगिताका लागि चयन गरेको हो।

कपन निवासी १८ वर्षीय लामाले नेपालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन राम्रो प्लेटफर्म पाएको बताइन् । ‘नेपालको संस्कृति र देशमा रहेको सांस्कृतिक र पर्यटकीयस्थलको पहिचानसहितको डकुमेन्ट्री लिएर प्रतियोगीतामा जाँदैछु,’ उनले भनिन् ।ग्रिन आर्ट मिडियाका सिइओ प्रविन लाकौलले लामा प्रतियोगितामा इको ड्रेस, राष्ट्रिय पहिरन, इभिनिङ गाउनको पहिरनमा प्रस्तुत हुने बताए । यसअघि प्रतियोगितामा प्रिन्सा श्रेष्ठ, नग्मा श्रेष्ठ र रोनाली अमात्यले सहभागिता जनाइसकेका छन् ।
 

प्रकाशित: २७ चैत्र २०७४ ०३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App