१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिद्धार्थ–रिलायबल सम्झौता

काठमाडौं– सिद्घार्थ बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्घार्थ बैंकका नायब महाप्रबन्धक रामेश्वरप्रसाद बस्याल र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेका छन्।

अब सिद्घार्थ बैंकका ग्राहकले यसका कुनै पनि शाखाबाट रिलायबलका बिमा सेवा प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न, बिमालेख लिन तथा बिमा दाबी भुक्तानी लगायतसेवा लिन सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै छिटो र सहज रुपमा बिमा सेवा प्राप्त गर्न सक्ने बताइएको छ । हाल सिद्धार्थले देशभर सयवटा शाखा (तीन एक्सटेन्सन काउन्टर सहित), ९९ शाखारहित बैंकिङ, एक सय आठ एटिएम र ६ सय ८७ पिओस मेसिनमार्फत बैैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित: २७ चैत्र २०७४ ०१:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App