१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

काठमाडौं–रक्सौल रेलमार्गका लागि छिट्टै अध्ययन हुने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय हित र अखण्डतालाई केन्द्रमा राखेर आफूले भारतसँग केही समझदारी गरेको बताएका छन्। 

नेपाल सुनचाँदी व्यवसायी महासंघको पाँचौं वार्षिक साधारणसभामा प्रधानमन्त्री ओलीले देश र जनतालाई समृद्ध बनाउन भारतसँग गरिएको समझदारीबाट कृषि, रेलमार्ग र जलमार्गमा नयाँ आयाम थप हुने बताए। काठमाडौं–रक्सौल रेलमार्गलाई चाँडो बनाउन नेपाल र भारत दुवै मुलुकबाट छिट्टै अध्ययन हुने बताउँदै उनले अब नेपालको राष्ट्रिय झण्डा राखेर पानीजहाज चलाउने सोचका साथ सरकार गृहकार्यमा रहेको जानकारी दिए। 

सरकारले व्यवसायीको लगानी सुरक्षा गर्ने बताउँदै प्रधानमन्त्री ओलीले पूर्वाधार विकास गरी रोजगारी वृद्धि गर्ने र जनताको आयस्तर बढाउने योजना सुनाए। ‘देशमा कडा कानूनको व्यवस्था गरी कुनै पनि क्षेत्रमा अनियमितता गर्नेलाई दण्डित गरिने छ’, उनले प्रष्ट पारे। रासस

प्रकाशित: २६ चैत्र २०७४ १५:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App