१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भिसी कप भलिबल : सुर्खेत र सरस्वती क्याम्पस विजयी

काठमाडौं– त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तर क्याम्पस भलिबल प्रतियोगितामा सुर्खेत शिक्षा क्याम्पस र सरस्वती क्याम्पसको टिमले विजयी सुरुआत गरेको छ।

रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आयोजनामा आरआरको कोर्टमा सोमबार भएको उद्घाटन खेलमा सुर्खेतको शिक्षा क्याम्पसले चावहिलको पशुपति बहुमुखी क्याम्पसलाई २५–२२,२३–२५,२५–२० र २६–२४ को सेटमा हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ। 

त्यस्तै, सरस्वती क्याम्पसले त्रिचन्द्र कलेजलाई २५–२२,२५–२३ र २५–२० को सोझो सेटमा पराजित ग¥यो। 

सोमबारै सम्पन्न अर्को खेलमा जेरपाटीको पब्लिक युथ कलेजले कोटेश्वर क्याम्पसलाई २५–१३,२५–१९ र २५–२० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्दा चौथो प्रतिस्पर्धात्मक खेलमा जया बहुमुखी क्याम्पस जोरपाटीले कैलाली बहुमुखी क्याम्पसलाई २०–२५,२०–२५,२५–१६,२५–२१ र १५–८ को सेटमा पाखा लगायो। 

प्रतियोगिताका विजेता टिमले ५० हजार, उपविजेताले ३० हजार र तृतियले २० हजार प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीले नगद ५ हजार हात पार्ने छ। नकाउटका आधारमा संचालन भएको प्रतियोगिता चैत ३० गते सम्म चल्नेछ। प्रतियोगितामा काठमाडौंका १९ र काठमाडौं भन्दा बाहिर ३ टोलीले सहभागिता जनाएका छन्। 

प्रकाशित: २६ चैत्र २०७४ १३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App