१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्री यादवसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको स्टेट एड्मिनिष्ट्रेसन ट्रेड एण्ड कमर्सका उपमन्त्री गान लिन नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ। 

सिंहदरबारस्थित मन्त्री यादवको सचिवालयमा सोमबार भएको भेटवार्तामा मन्त्री यादव र प्रतिनिधिमण्डलबीच उपभोक्ता हित तथा अधिकारका विषयमा छलफल भएको मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए। उनका अनुसार मन्त्री यादवले नेपाल राजनीतिक संक्रमण अन्त्य भई आर्थिक समृद्धि र विकासको मार्गमा अगाडि बढेको बताएका थिए। 

उनले चीनको आर्थिक विकासमा आफूलाई खुशी लागेको उल्लेख गर्दै नेपालको समृद्धिका लागि पनि सहयोग गर्न आग्रहसमेत गरे। मन्त्री यादवले गत वर्ष नेपाल सरकारको आपूर्ति मन्त्रालय र चीनको स्टेट एड्मिनिष्ट्रेसन फर इन्डस्ट्री एण्ड कमर्शबीच भएको उपभोक्ता अधिकार संरक्षणका विषयमा भएको सम्झौतालाई कार्यान्वयनमा गर्ने विषयलाई जोड दिए। 

उपभोक्ता हितका विषयमा दुई देशबीचका कानून विषयका जानकारी आदानप्रदान गर्ने र बजारलाई स्वास्थ्य बनाइराख्न निरन्तर छलफल हुनुपर्ने मन्त्री यादवले बताए। 

त्यसैगरी चिनियाँ उपमन्त्रीले चीन–नेपालबीच हजारौँ वर्षको मित्रवत् सम्बन्धलाई विस्तार गर्दै जानुपर्नेमा जोड दिए। उनले दुई देशबीचको सहकार्यले एक अर्काको भाग्य निर्माण हुने भन्दै आफ्नो देशले नेपालसँगको सम्बन्धलाई विशेष जोड दिएको बताए। उनले बजार नियमन र उपभोक्ताका विषयमा दुई देशबीच सहकार्य गरेर अगाडि बढ्ने र त्यस क्षेत्रमा नेपाललाई सहयोग गर्ने विश्वास दिलाए। रासस 

प्रकाशित: २६ चैत्र २०७४ १२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App