१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अागलागीले ४ घर नष्ट

खोटाङ – खोटाङमा अागलागी हुँदा चार घर जलेर नष्ट भएका छन्। आगलागी हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेका पदमराज राई, अकिलराज राई, अगमराज राई र गमराज राईको घर तथा गोठ जलेर नष्ट भएको हो।

पदमराजको घरबाट सल्किएको आगोले आइतबार चार स्थानीयको घर जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक चन्द्रभूषण यादवले बताए। आगलागीमा घर जलेपछि स्थानीयको बिचल्नी भएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।

आगलागीमा पदमराजको २४ लाख ३० हजार,अकिलराजको २५ लाख ७९ हजार, अगमराजको २४ लाख ५१ हजार, गमराजको २२ लाख ९६ हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ। यस्तै, गोठ जल्दा गमराजको ३ वटा बंगुर, ११ वटा बाख्रा र ८ वटा पाठा, अकिलराजको १ वटा बाख्रा र ९ वटा पाठा, पदमराजको २ वटा बंगुर र ४ वटा बाख्रा तथा अगमराजको २ वटा बंगुर जलेर मरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

आगो स्थानीयबासी, ईलाका प्रहरी कार्यालय हलेसी र शेरगण ब्यारेक मुढेबाट गएका सेनाको टोलीले नियन्त्रणमा लिएका थिए।

आगलागीबाट बिचल्लीमा परेका अग्नी पीडितलाई आइतबार राती पाल, चामल, नुनतेल, तरकारी, चिउरा, चाउचाउ लगायत प्रदान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले बताए। विस्थापितलाई रेडक्रस सोसाईटीले पनि सोमबार राहत प्रदान गरेको छ।

प्रकाशित: २६ चैत्र २०७४ ०८:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App