१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भोजपुर साक्षर जिल्ला घोषणा

साक्षर जिल्ला घोषणा गर्दै मुख्यमन्त्री शेरधन राई। तस्बिरः एक्सन राई/भोजपुर

भोजपुर – भोजपुर जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ। एक कार्यक्रमका बीच प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन्। जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहको साक्षरता प्रतिशत ९६ दशमलव ४३ पुगेसँगै साक्षर जिल्ला घोषणा गरिएको हो।

मुख्यमन्त्री भएपछि पहिलोपटक गृह जिल्ला पुगेका राईले जिल्लालाई साक्षर घोषणा गर्दै प्रदेश नम्बर १ लाई नमुना प्रदेश बनाउने बताएका छन। अब भोजपुरलाई पहिलो प्राथमिकतामा राख्दै विकासका क्रियाकलापलाई अगाडि बढाउने उनको भनाई थियो।

प्रदेश नम्बर १ सबै क्षेत्रको सम्भावना भएको प्रदेश रहेको बताउँदै जिल्लासँगै प्रदेशको स्वास्थ्य शिक्षा, यातयात, विद्युत  खानेपानी लगायतलाई पहिलो प्राथमिकताका राखेर काम गर्ने  समेत बताए। उनले भने ‘प्रदेश नम्बर १मा धेरै कुराको सम्भावना छ, यसलाई नमुना प्रदेश बनाउने गरि नीति तथा कार्यक्रमहरू तयार गरिरहेको छु।’ साथै जिल्लाको विगत देखिको सडक समस्या अब लामो समय सम्म नरहने उनको भनाई थियो।

‘भोजपुरमा रहँदै आएको सडकको समस्या अब धेरै समय रहँदैन त्यसको काम तिव्र गतिमा भइरहेको छ, उनले भने। साथै उनले भोजपुर एयरपोर्ट देखि बजार सम्मका सडक निर्माण तत्काल शुरु हुने बताए। स्थानयि तहमा २५ शैया सम्मको अस्पताल निर्माण गर्नुपर्ने राईको भनाई थियो।

जिल्लामा स्थानीय तह अनुसार साक्षरता प्रतिशत हतुवागढी गाउँपालिकामा ९५ दशमलव ७८, रामप्रसाद राई गाउँपालिकामा ९७ दशमलव ०८, ट्याम्केमैयुङ्ग गाउँपालिकामा ९६ दशमलव ७२, पौवादुम्मा गाउँपालिकामा ९५ दशमलव ९०, अरुण गाउँपालिकामा ९६ दशमलव ३२ र साल्पा सिलिछो गाउँपालिकामा ९५ दशमलव ६६ प्रतिशत रहेको जानकारी दिइएको छ। त्यस्तै भोजपुर नगरपालिकामा ९७ दशमलव ५८ र षडानन्द नगरपालिकामा ९६ दशमलव ३७ प्रतिशत रहेको छ।

प्रकाशित: २६ चैत्र २०७४ ०७:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App