१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सिन्धुपाल्चोकमा बोलेरो दुर्घटना, तीनको मृत्यु

काठमाडौं – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ९ मा गएराति  बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको मेलम्चीबाट रातमाटे जाँदै गरेको   बा१८च४६९९ नम्बरको बोलेरो दुर्घटना हुँदा मेलम्ची नगरपालिका– ९ का सुरेश तामाङ, मोति अधिकारी र कमल स्याङ्बोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी बिमलराज कडेलले बताए। बोलेरो सडकबाट करिब २५० मिटर तल भिरमा खसेको उनले बताए।

बोलेरोमा तीन जना सवार रहेकोमा तीनै जनाको ज्यान गएको प्रहरीले  जनाएको छ।

प्रकाशित: २६ चैत्र २०७४ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App