१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आईपीएल : बैंगलोरद्वारा कोलकातासामु १७७ रनको लक्ष्य प्रस्तुत

नयाँदिल्ली– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको तेस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्ससामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

टस हारेर व्याटिंगको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनायो। एबी डी भिलियर्सले सर्वाधिक ४४ रन बनाए। २३ बलमा ५ छक्का र १ चौका प्रहार गरे। ब्रेन्डन म्याकुलमले २७ बलमा ६ चौका र २ छक्कासहित ४३ रन बनाए। मन्दिप सिंहले ३७ रन बनाए। १८ बलमा ४ चौका र २ छक्का हाने। कप्तान विराट कोहलीले ३३ बलमा ३१ रन जोडे। 

बलिङतर्फ कोलकाताका लागि विनय कुमार र नितिश रानाले समान २ विकेट लिए। पियुष चावला, सुनील नारायण र मिचेल जोनसनले १–१ विकेट लिए।

प्रकाशित: २५ चैत्र २०७४ १६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App