१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

दिक्तेलमा मुन्धुमी सांस्कृतिक विमर्श

मुन्धुमका विषयमा दिक्तेलमा आयोजित प्राज्ञिक बहसमा सहभागी मुन्धुम एवं संस्कृति अध्यताहरू। तस्बिर: दमन राई/नागरिक

खोटाङ – खोटाङमा किराती मुन्धुमको विषयमा प्राज्ञिक बहसको आयोजना गरिएको छ। किराती इतिहास, संस्कृति, दर्शन, भाषा लगायतका विषयका बहसलाई घनीभूत र तथ्यपरक बनाउनका लागि किरात राई सांस्कृतिक कलाकार संघ केन्द्रीय समितिको आयोजनामा शनिबार दिक्तेलमा मुन्धुमी सांस्कृतिक विमर्श गरिएको हो।

मुन्धुम किराती जातीको अलिखित ज्ञान र सामाजिक संविधान भएकाले मुन्धुमको परिचय, महत्व र संरक्षणका विषयमा स्पष्ट बनाउन काठमाडौंपछि दिक्तेलमा मुन्धुमी बहस आयोजना गरिएको किरात राई सांस्कृतिक कलाकार संघले जनाएको छ।

समिक्षालय हलमा आयोजित कार्यक्रममा ‘मुन्धुम केहो ? कति प्राचिन ? धर्म के हो ? किरात धर्मको बिशेषता के हो ?’ भन्ने विषयमा किरात राई प्रज्ञा परिषदका कुलपती रहेका संस्कृति अध्यता जयकुमार राई, मुन्धुम अध्यता एवं लेखक भोगीराज चामलीङ र अधिबक्ता शान्तीदेबी राईसँग अन्र्तक्रिया गरिएको छ।

किराती जातीको सभ्यता, इतिहास, प्रागइतिहास, दार्शनिक दृष्टिकोण, सांस्कृतिकपक्ष लगायतको अध्ययनको प्रमुख आधार नै मुन्धुम भएकाले यसको प्रचार–प्रसार एवं संरक्षणका लागि चासो जगाउन प्राज्ञिक बहस गरिएको आयोजकले जनाएको छ। सांस्कृतिक कलाकार संघले गत कार्तिक १८ गते काठमाडौंबाट सुरु गरेको मुन्धुमी सांस्कृतिक विमर्श–१ कै दोश्रो श्रृंखलाका रुपमा दिक्तेलमा बहस राखिएको हो।

प्रकाशित: २५ चैत्र २०७४ ०७:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App