१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

भुवनलाई काठमाडौं ओपन

काठमाडौं – भुवन नगरकोटीले लगातार चार दिनसम्म अग्रता कायम राख्दै शुक्रबार रोयल नेपाल गल्फ क्लबमा सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको आठौं प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्।

शुक्रबार अन्तिम दिन २ ओभर ७० को कार्ड बनाएका भुवनले समग्रमा १ अन्डर २ सय ७१ स्कोरसहित निकट प्रतिद्वन्द्वी श्रेष्ठ दाजुभाई नेपाल नम्बर एक व्यावसायिक गल्फर शिवराम र जयरामलाई दुई स्ट्रोकले पछि पार्दै उपाधिमा कव्जा जमाए । अन्तिम दिन जयरामले ३ अन्डर ६५ तथा शिवरामले इभनपार ६८ खेल्दै संयुक्त रुपमा दोस्रो स्थान हासिल गरे।करियरमा चौथो उपाधि जितेका भुवनले ९० हजार रुपैयाँ नगद पुरस्कार जित्दा जयराम र शिवरामले जनही ५४ हजार रुपैयाँ पाए । साबिक विजेता रामे मगर (३ ओभर २ सय ७५) चौथो स्थानमा रहँदा दीपक थापा मगर (२७९) पाँचौं भए।

रामेले ४२ हजार तथा दीपकले ३६ हजार रुपैयाँ पाए । यसैगरी रवि खड्का (२८०) छैटौं, विकास अधिकारी (२८१) सातौं, सूर्यप्रसाद शर्मा (२८२) आठौं तथा समान २ सय ८७ स्कोरका साथ भुवनकुमार रोक्का र रमेश नगरकोटी संयुक्त रुपमा नवौं स्थानमा छन् । रविले ३१ हजार ५ सय रुपैयाँ पुरस्कार पाउँदा विकासले २६ हजार पाए ।एमेच्योरतर्फ टंकबहादुर कार्की (२८८) ले उपाधि जित्दा सुरेन्द्र फुयाल (२९३) दोस्रो तथा विनोद तामाङ (२९८) तेस्रो भए।

प्रकाशित: २४ चैत्र २०७४ ०३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App