१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

आत्ममनन– ६

ज्ञानसागरमा जीव सब यी लहरीसरी ।
उब्जन्छन् खेल्दछन् फेरी स्वभावैले हराउँछन् ।।

ज्ञानसागरमा विश्वतरंगहरू झल्कने ।
आउन् न आउन् तर म छु सदा एकनासले ।।

मेरो अज्ञानले विश्व उदायो तर ज्ञानले ।
फेरी नष्ट भएको छ म चिदानन्दमा डुबें ।।

समस्त जीवका भित्र चैतन्यरूप जो म छु ।
नित्यमुक्त ज्ञानरूप आफैलाई म ढोग्दछु ।।

 

प्रकाशित: २४ चैत्र २०७४ ०२:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App