१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

प्रेमाका गीतमा भाका भर्दा...

हिरण्य भोजपुरे

माघ १२ गते शनिबार डा. बेञ्जुु शर्माको ‘प्रेमासँगका यादहरू’ पढेपछि म बिझेँ । मन भिजिरह्यो । ती दिनतिर बेतोड कुुदेँ । कलम अटठ्याएँ । ‘पहाड चुुलिँदा चुुलिँदै, बरफ भासियो.... ।’ के कुुराले म बिथोलिएँ ? म उठेँ, भावहरू सुुते।

आज बिहान युुटा—युुएसएमा प्रेम भाइलाई फोन गर्न मन लाग्यो । मोबाइल उठाएँ । ‘पी’मा थिचेँ । प्रेमा शाहको नाममा आँखा थेग्रिए । म झल्याँस्स भएँ । कलम समातेँ । कलम कागजमा कुुद्न थाल्यो ।आग्लो उघारेँ । ढोका खोलेँ । प्रेमा शाहको हँसिलो मुुुहार मसँगै उभिएको भेट्टाएँ । म रमेँ । म दुुखेँ । रम्नुु र दुुख्नुुको ‘नजदिकी’ कमलो पाराले भिजिरहेँ।

रूनका लागि आँखामा आँसुु नै चाहिन्न र’छ । मनमा बादल कुुदे पुुग्ने र’छ । म अदृश्य रोइरहेँ । मनभनभरि ! भावभरि घरिघरि ! मैले विरक्तिलाई सम्झेँ.....‘प्रेम शेर्पा विरोक्ति त धेरै अघि बितेकै हुुन् । मैले सम्झेँ । बिचरो लौरो टेक्दै ‘कठै ! कवितामा कृति मस्तीसित दौडिन्थे । हरेक मगमा प्यारो प्यारो काव्यिक मग भर्दै भर्दै !

‘भरखरै शिवप्रसाद ‘पीठ’ पनि बितेछन् हैन ?’ प्रेमको प्रश्नले म जिल्ल परेँ । ‘पीठको ओष्ठ अनि पिठयूूँमा अग्निदाह भएको मलाई थाहा थिएन । म प्रेमालाई प्रेमाजी भन्थेँ । बेञ्जुुलाई बेञ्जुुजी अनि हरेक साथीको नामपछि जी ।गोपाल योञ्जन गए । दैवज्ञराज न्यौपाने बिते, अरू धेरै हाम्रा साथी संगति पनि बित्दै गए भोजपुुरे।

‘अब बितेका कुुरा बिर्सिदिनुुस् प्रेमाजी, हामी बाँच्नेले बाँच्नका लागि बाँच्नुुपर्छ,’ भन्दा  प्रेमाजीले भनिन्, ‘खै...’ । त्यो  ‘खै...’ मेरालागि प्रेमाको खुुइइ...य र ‘खै...’ भित्र नै मृत्युले  खितखित गर्दै खित्का छाडेको मैले चालै पाइनँ । चाल पाएको भए पनि म के नै पो नाप्न सक्थेँ र ? लाग्यो, मानुस जीवको सबैभन्दा खतरापूूर्ण अहम् पनि निभिसकेछ।

मैले प्रेमा शाहलाई फेसबुुकमा भेट्टाएँ । मेसेन्जरबाट फोन गरेँ । मेरो मोबाइलमार्फत् मेरो स्वर सुुन्नेबित्तिकै प्रेमा प्रफुुल्ल हुनुुपर्ने हो तर अपरिचित मनुजसित प्रेम वर्षा गर्ने खालकी केटी हुुँदै होइनन् प्रेमा शाह ।
‘हैन, तपाईं को हो ?’
नचिनेपछि प्रेमाजी जोसुकैलाई हकार्न सक्ने सत्व बोकेकी केटी हुुन् । मैले थुुर्थुुर काम्दै भनेँ, ‘प्रेमाजी ! म भोजपुुरे । हिरण्य भोजपुुरे ।’ अनि काण्ड पुुग्यो । प्रेमा चिच्याइन्, ‘हिरण्यजी...।’
नेपाली विषयमा एमए पढ्दै गरेको बखत । त्रिभुुवन विश्वविद्यालय ! बेञ्जुु, विन्दुु, प्रेमा, गोपाल र म र त्यसताकामा धेरैधेरै मूर्धन्य साहित्यिक व्यक्तित्वहरूको सानिध्यमा दिन निकै नै रम्य बन्दै गए र साथीभाइका साथ राम्ररी नै हेलिँदै गएँ ।

हामी सबै दुुई वर्षसम्म एकै कक्षामा । प्रेमाजी र म । मित्रमित्रले मित्रैमित्र बनेर कति कति दुुःख र सुुखका कहर काटेर, कहर काटेका कुुरा गर्दै, एकअर्काका अन्तरंग बन्दै । एकअर्काका ‘कशिस’ कहदै । आपसमा छर्लङ्ग हुुँदै व्यतित गरेको दिनहरू सम्झेँ र ‘प्रेमा’ का प्रेमपूूर्ण ‘हिरण्यजी’ मैले मन पराएँ।हामीबीच लामा कुुरा भए । घण्टौँ कुुरा भए । बेञ्जुुले बताएका सबैजसा विषयवस्तुु हाम्रो कुुराकानीभित्र पसे र बसे । हो, बेञ्जुु र प्रेमाबीच भएका केही अन्तरंग विषयवस्तुु हाम्रा कुराकानीबीच परेनन् होला ।

प्रेमा शाहका निम्ति म भन्दा धेरै अर्थमा सहज र स्वीकार्य संगीतकार थिए गोपाल योञ्जन । तर प्रेमाले म भित्र के चेत देखिन् अथवा मेरो भाका भराइमा कस्ता करतुुत देखिन् प्रेमाले । संगीत भरेर गाउने आफ्ना केही गीत गुुपचुुप मलाई दिइन्।

नत्र त हामीले हाम्रै ग्रुुप अनजानमै बनाएको कुुरा, अझ खालि भो कि विश्वविद्यालय परिसरभित्र मौलाउँदै गएको पोथ्रा वनमा गीत र कविताको कमला कलरवहरू । वास्तवमा लाग्थ्यो, जिउनुले रमणीयताको एउटा सुुरम्य भुुर्लोक भेट्टाएको छ । हुुन पनि समयले एउटा अनुुपम उन्नयन पाएका पलहरू थिए ती।

हुनसक्छ, साहित्य र हामी त्यतिखेरका साथी संगातिहरूमाझ म नै सबैभन्दा पछिल्लो बात मार्ने मित्र हुुँ प्रेमाजीसित । हामीले पटक–पटक धीत नै मर्ने गरी बात मा¥यौँ । पछिपछि त उर्मिलाले भन्ने गर्न थालिन्, ‘कति लाम्लामो कुुरा गर्ने हो फोनमा पनि !’ म इग्नोर गर्थेँ र कुुरा गरेको गर्‍यै गर्थेँ । हामी दुुईबीच धेरै टाढाको दूरी होइन । म डेनवरमा प्रेमा युुटामा । करिब ९ घण्टाको ड्राइभ ।निकै समय तपतप गरेर तप्किँदै गए । प्रेमाले फोन गरिनन् । मैले पनि किन हो फोन गरिनँ । आखिरमा मैले मेसेज पठाएँ, ‘प्रेमाजी धेरै भो, कुुरा पनि नभा’को । फुुर्सदको बेला फोन पाउँ न है।’

मैले फोन पाइनँ । मैले फोन गरिन । प्रेमा मात्तिइन । म पात्तिएँ । मैले किन बुुझिनँ, हामी किन मात्तिएका र पात्तिएका ?मेरा लेखा प्रेमा शाह समयसित सजिलै सम्झौता गर्ने खालकी केटी होइनन् । जञ्जाल नरूचाउने तर एक्लै ‘पहेलो गुुलाफ’ बनेर बाँच्न धक नमान्ने नवअन्वेषी हुन् तिनी।

प्रेमा शाह राम्री हुन्, अत्यन्त राम्री हुनुुकी नमुुना ! हाम्रो बेला जल शाह थाहा छैन कहाँ थिइन् । तर लाग्छ, प्रेमा सुुन्दरताको अर्थमा पनि जल शाहकी उपमा थिइन् । बेञ्जुुका बोलीमा यस्तै कुरा छ्याप्छ्याप्ती भेट्टाएँ ।भेट्टाएँ बेञ्जुुका बोलीमा करूणा । करूणासँग घोलिएको दर्द । दर्दसँगै बोझिल बनेर बसेको समयको विडम्बना अनि विद्रुुप विसंगति।

बेञ्जुु र हाम्रो समयमा बेञ्जुु जस्ती राम्री केटी कहिँ देखिएनन्, थिएनन् । बेञ्जुुको सुुन्दरता र मन सुुन्दरताका बारे लम्बेतान र बाक्लो शब्दावली र शब्दशिल्पको स्वरमा थुपार्न आज उचित ठान्दिन तर ‘यति’ भन्न मलाई मेरो मनले करेप्छ, ‘त्यतिखेरै बेञ्जुुवाला सुुन्दरताकी साक्षात परिभाषा थिइन्।’

गोपाललाई पो सोध्नुुपर्छ त ! गोपाल भन्ने गर्थे, ‘भोजपुरे मैले रिञ्छिनसित संगत नगरेको भए बेञ्जुुलाई म जिन्दगीभरि पछ्याई रहन्थेँ होला ।’ यस्ता कुुरा कक्षाका न विरोधीलाई भन्न मिल्थ्यो न दैवज्ञराज न्यौपाने, न होमनाथ दाहाल, न शिवप्रसाद ‘पीठ’, निरन चापागाई, विमल चापागाई, उनै बेञ्जुु, प्रेमा, मिट्ठुु, विन्दुु, ओम र अन्य साथी संगातिलाई नै भन्न मिल्थ्यो । त्यतिखेर भन्न मिलेन तर आज लेख्न मिल्ने हो कि हैन ?

अब मलाई सोध्ने हो भने म गोपाल योञ्जनलाई जवाफ दिन्थे, ‘गोपाल ! तिमी त्यो भन्छौ । म भने भन्छुु, मैले उर्मिलासित लभ गर्न नथालेको भए तिम्रो र मेरोबीच कुुस्ती पर्न बेर थिएन !’
तर ती गोपाल र मबीचको मुुख मिट्ठयाइ मात्र हुने गर्दथ्यो । बेञ्जुु त्यसताका नै विवाहिता थिइन् ।

विधिको विधान ! प्रेमा यति छिटो नबित्नुुपर्ने हो ! बितिछन् । सजिलैसित बित्ने ‘प्रेमा’, ‘प्रेमा’ नै होइनन् । प्रेमा जब्बर हुन । अब चाँहि भन्न मन लाग्छ, ‘विधिको विधान ।’  विधिको विधान भन्दा पनि लाग्छ, ‘कलिको किल्किलेको हाँसो ।’ लाग्छ, अघिअघिका बाहुनविद् साँच्चैका त्रिकालदर्शी हुुनुुपर्छ । सायद ती भन्थे, कलियुुगमा मानिस बाँच्नुुपर्ने अल्पजीवी हुन्छन् र मर्नुुपर्ने दीर्घजीवी।

प्रेमा पनि दीर्घजीवी हुनुुपर्ने र आजको उमेरको लेखाजोखा गर्ने हो भने उनी अल्पउमेरमै गइन्, बितिन् । बाँच्नुुसित विप्लव गर्दै संघर्षसँगै सँगसँगै बाटो तताइन् ।प्रेमाले जानुुपर्ने रहेछ, गइन् । तर किन गएकी हामीलाई घाउ दिएर ? ‘किन गएकी हामीलाई बाँच है भन्दै बाँच्नको हाउ देखाउँदै’ तिमीले जानुपर्ने थियो भने ‘म गएँ है’ भन्दै पूूर्णविराम दिएर गएको भए हुुन्थ्यो नि प्रेमा।

म सोच्छुु, ‘केही थाहा नपाउनुु नै मृत्युु हो ।’  यो कुरा म बाँचिरहँदा पनि ममा र अरूमा पनि लागू हुनसक्छ । म मरेँ भने म मरेको हुुँदै हुुँ । मानिस आधा उमेर सपनासँगै बाँच्छ । र त, हामीलाई प्रकृति प्रिय लाग्छ । सपना स्वप्निल लाग्छ । नत्र त सही सपना मैले नमिठो मात्र देखेको छुु । बरू ब्युुँझिए भन्ने बेलाका सपना बाँच्न लायक बनेका छन् धेरैजसो।

प्रेमाले मृत्युुवरण गरिसकेकी छन् । उनले अब अरू केही थाहा पाउँदिनन् । केही थाहा नपाउन् पनि । मानिसले कुुरा जति बढी थाहा पायो, त्यति नै उनको लागि दुुःख र जति कम उनले विषयवस्तुु बुुझ्यो, त्यति दुुःख पाउनुु हो । अथवा केही थाहा नपाउनुु नै बढी सुुख हो । तर दुःख र सुुख भएन भने त्यहाँ जिन्दगी बाँकी रहँदैन । प्रेमाले नसुुने हुुन्छ, मलाई सुुख चाहिन्छ र दुुःख पनि । म बाँच्न चाहन्छुु जुुनसुुकै अर्थमा।

किन हो मलाई यतै बाँच्न मनपर्छ । तर मलाई थाहा छ, मैले टाउकै फोरे पनि यता बहाना गरेर बसिरहन मिल्दैन । र प्रेमा न तिमी नै कसैले चाहेर यता फर्किन सक्छ्यौ, हैन र ?  र त, बाटैमा बुुझक्कड बूढाहरू भन्ने गर्दछन्, ‘हामी बाँच्ने भनेको ‘अक्षर’मा हो । अब्बल अक्षरमा । अक्षर भनेको सबैभन्दा सशक्त र दिनै बाँच्ने ‘मिडिया’ र ‘मिडियम’मा हो । र त, म प्रेमा, बेञ्जुुका ‘अक्षरहरू’ हेर्दै तिम्रो तस्बिरभरि तिमीलाई हेरिरहेको छु।

प्रेमा शाहको अन्तर्वार्ता लिएँ मैले, लेकाली परिवारको पहिलो र अन्तिम साहित्यिक पत्रिकामा छाप्न भनेर । त्यो छापियो पनि । आजको सन्दर्भमा त्यो अन्तर्वार्ताले साहित्यिक महŒव राख्दछ भन्ने मैले गम गरेको छुु । लेकालीको त्यो पहिलो र अन्तिम साहित्यिक पत्रिका ‘उपत्यका’ आज म धुुईधुुईति खोज्दैछुु, कुुुनै लेकालीको, कुनै घरको, कुनै टेबुुलको, कुुनै घर्राको परिहास बन्दै । उपत्यका बसेको हुनुुपर्छ भन्ने कुुरामा म आशावादी छुु।

मेरा लागि प्रेमा शाह एक आधुुनिकतम चेत बोकेकी लेखिका हुन् । एक प्रयोगवादी साहित्यकार । नेपाली साहित्यमा दर्शनको सराहनीय भारीको बोझ बोकेकी संगीतकै नाताले पनि उनी प्रियदर्शनी स्वरूप बनेर मेरो मन र दिमागमा दिगदुुन्दुुभी दिएकी हुुन् । भन्ने मेरो मनोभावमा मीठो भान छ।

हाम्रो नेपाली कक्षामा संगीतकार म र गोपाल मात्र थियौँ । गीतकारका भने एउटा लामो लर्कन नै लाग्न सक्थ्यो । हरेक कवि, गीतकार बन्नसक्छ तर हरेक गीतकार संगीतकार बन्न सजिलो हुन्न भन्ने भन्नेहरू भन्थेँ।

त्यतिखेरै गोपाल योञ्जन बहुमनप्रिय संगीतकार, गीतकार अनि गायक बनिसकेका थिए । ‘.....रातो भाले .....’ गणेश रसिक र म मिलेर गायौँ । रातो भालेका लेखक र भाका भरूवा गणेश रसिकभन्दा ‘म मगमग चल्यो वास्ना’  गीतले रसिक र भोजपुुरेलाई गायक हुनुुको प्रतिति दियो र त्यो गीत हामी गायक हुनुुको प्रतीक बन्यो।

‘टयाक्सी गुुडाउँदै’ गीतले पनि प्रसिद्धि पायो । यो मेरो संकलनको गीतसँग भाइ पाण्डव सुुनुुवार र म पनि नामका हरूमा विस्तृत बन्यौँ । त्यस्तै झाँक्रीगीत पनि लोकका सामू प्रिय बन्यो । भरत देउराली र मैले मिलेर गाएको, ‘शितलुु वर पिपल छायाँ....छिर छिर छिर्दो....’ले पनि मन मार्केट लिएको हो । हाम्रै आफ्नै किसिमको लोकप्रिय गीतहरूको फेहरिस्त लामै हुनसक्छ र पनि शास्त्रीय संगीतमा आधारित संगीत रचना गर्ने संगीतकार मध्ये गोपाल योञ्जनको नाम पनि अग्रणी पंक्तिमा पथ्र्यो ।

त्यसो त करूणा, कोमलता अनि कमनीयताका कलकल निषाद नातिकाजी, आधुनिक संगीत विधाका बहुुआयामिक संगीतकार शिवशंकर, अत्यन्त आधुुनिक चेतका साथ यथार्थ संगीतकार, गीतकार अनि गायक बनेर अति गम्केका बच्चुु कैलाश, चोखो स्वर र सत्वसंगीत बोकेका संगीत शिल्पी प्रेमध्वज प्रधान, अम्बर गुुरूङ र थुुप्रैथुुप्रै युुग हाँक्ने गायक–संगीतकारहरूको २० र ३० को दशकमा कमी थिएन।

शास्त्रीय संगीत र शास्त्रीयतामा आधारित संगीतमा गीत रचना गर्नेलाई पहिलेदेखि नै उच्च अनि लोक संगीतमा आधारित संगीतकारलाई हल्का स्वरूप दिने परम्परा थियो र छ । थोरै विज्ञलाई मात्र ‘विद’ होला, ‘शास्त्रीय अनि आधुुनिक गीत–संगीतको जननी लोक संगीत हो’ भनेर।

प्रेमा शाहका निम्ति म भन्दा धेरै अर्थमा सहज र स्वीकार्य संगीतकार थिए गोपाल योञ्जन । तर प्रेमाले म भित्र के चेत देखिन् अथवा मेरो भाका भराइमा कस्ता करतुुत देखिन् प्रेमाले । संगीत भरेर गाउने आफ्ना केही गीत गुुपचुुप मलाई दिइन्।त्रिभुुवन विश्वविद्यालयका स्तरको प्रतियोगितात्मक गीति कार्यक्रममा प्रतियोगीहरू धेरै थिए । गोपाल योञ्जनले गाए । स्वप्निल स्वरशिल्पी योगेश वैंद्यले गाए ।
    ‘मलाई प्यारो लाग्छ,
    मलाई राम्रो लाग्छ,
‘लहरा—पहरा—छहराको देश.....’ मैले गाएँ । मैले चिट गरेँ, मेरो गायकीमा उर्मिला श्रेष्ठ ‘भोजपुरे’ लाई पनि समावेश गरेँ । यो गीतमा उर्मिला भइनन् भने गायकी अधुुरो बन्छ । त्यसैले त लहरा–पहरा गाउँदा बेञ्जुुले मसँगै हाम्रा जमघटमा उर्मिलालाई भेटिन् । उनको प्रेम प्रदर्शित आर्टिकलमा । पछि गएर गणेश रसिकहरू पनि हाम्रा अभिन्न अंग बने।‘मलाई प्यारो......’ एउटा बेग्लै आधुुनिक चेत भएको गीत लाग्थ्यो मलाई । हुन पनि त्यो गीत प्रतियोगितामा पहिलो भएछ । पछि थाहा भयो, प्रतियोगितामा निर्णायक विज्ञ बालकृष्ण सम रहेछन्।

  सोही कार्यक्रममा मैले अर्को एउटा गीत गाएँ,
‘के थाहा तिम्रो र मेरोबीच एउटा युुग आई अड्छ भनेर
धेरै धेरै विस्मृतिपछि पनि यहाँ के थाहा, तिम्रो र मेरो पनि बेग्लाबेग्लै रात र दिन हुुन्छ भनेर ।’
गीत सकियो । सबैभन्दा पहिले आउने प्रशंसक मलाई थाहा छ, गोपाल योञ्जन थिए । उनले मसित गाला मिलाएर भने,
‘भोजपुरे ! यो गीतमा भाका भर्ने को ? तिमी नै हौ ?’ मैले ‘हो’ भनेँ । ‘गणेश रसिक र म,’ गोपालले प्रतिक्रिया दिए, ‘मीठो अति मीठो ।’ मैले भनेँ, ‘निरेग...निरेसा, पमंगरेसा–पकड’ गोपालले भने–‘यमन राग....।’

प्रेमा शाहले अरू कसैलाई आफ्नो गीतमा भाका भर्न र गाउन गीत दिएको मलाई थाहा छैन । यसर्थमा म प्रेमाको पहिलो अनि विश्वासपात्र गायक र संगीतकार हुनुुको अनुुभूूति ममा छ । प्रेमाले मलाई पत्याएर दिएका गीत म र मेरा पुुराना कापीहरूमा खोज्दैछु । उनका विश्वासको दुुई गीतहरूमा मैले भाका भरिसकेकै छुु । तिनलाई रेकर्डमा आबद्ध गर्न बाँकी छ । प्रेमा शाहका निमित्त अब मैले केही गर्न सक्ने स्थिति छैन । तर उनका शब्दलाई मैले स्वर दिन सक्नुुपर्छ, मैले दिनुुपर्छ । म दिन्छुु।   

उनका लागि अब कुनै युुग आई अड्न पर्दैन । उनी अडिसकिन् । उनको ‘तिमी’ र उनको मबीच कुुनै युुग अड्न सक्दैन । प्रेमा शाह अब बत्ती बनिसकिन् । बल्न मात्र, बतास चल्दा पनि ननिभ्नेगरी । उनले अब कुनै गीत लेख्न सक्ने छैनन् । न आफैं गीत गाउन सक्छिन् । प्रेमा, बरू मै तिम्रो गीत गाइदिन्छुु है...
        के थाहा तिम्रो र मेरोबीच
        एउटा युुग आई अडेछ भनेर
        धेरै धेरै विस्मृति पछि यहाँ
         के थाहा तिम्रो र मेरोबीच
        बेग्लाबेग्लै रात र दिन हुुन्छ भनेर ।

        के थाहा बोल्दा बोल्दै
        शब्दहरू सकिन्छ भनेर
        माया–मायाकै स्पर्शमा पनि
        के थाहा एकपल्ट छुुँदैमा
        फूूलको सुुगन्ध उड्छ भनेर ।

        के थाहा पहाड चुुलिँदा चुुलिँदै
        बरफ भासिन्छ भनेर
        क्षणक्षणका सतर्कतामा पनि
        जीवन यसरी चुुक्छ भनेर ।

        के थाहा एउटै उडानपछि
        पुुतलीको जुनी बित्छ भनेर
        दुुर्घटना नै यहाँ नभए पनि
        के थाहा एउटै सोचाइमा
        मनको मृत्युु हुुन्छ भनेर
                    (प्रेमा शाह, वि.स. २०२५)

   
    

प्रकाशित: २४ चैत्र २०७४ ०१:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App