१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच वान टु वान वार्ता

तस्बिर : नरेन्द्र माेदीकाे ट्वीटरबाट

काठमाडौँ – भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वान टु वान वार्ता भएको छ। 

प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार साँझ नयाँदिल्लीस्थित मोदीको सरकारी निवासमा भेट भएको हो । मोदीलाई भेट्न ओली एक्लै मोदी निवास पुगेका थिए। 

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार उनीहरुबीच द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको थियो। 

भ्रमणको कार्यसूचीअनुसार शनिबार अपराह्न उनीहरुबीच द्विपक्षीय वार्ता हुने कार्यसूची छ। 

ओलीको भ्रमण टोलीमा उनको धर्मपत्नी राधिका शाक्यसँगै परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, सल्लाहकार विष्णु रिमाललगायत छन्। 

प्रकाशित: २३ चैत्र २०७४ १५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App