१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘सेनाले राष्ट्रिय गौरवका कामलाई निरन्तरता दिनुपर्छ’

काठमाडौँ – कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको आर्सनल कार्यालय, सुन्दरीजलको शुक्रबार निरीक्षण गरेका छन्। 

निरीक्षणका क्रममा नेपाली सेनाले राष्ट्रिय गौरवका कामलाई निरन्तरता दिनुपर्ने बताउँदै उनले सेनालाई लोकतान्त्रिककरण नभई व्यवसायीकरण गर्न निर्देशन दिए। मन्त्री पोखरेलले भने, “नेपाली सेनाको अनुहारमा राष्ट्रिय एकताको तस्बिर देख्छौँ।” 
नेपाली सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अतुलनीय योगदान गरेको जनाउँदै उनले यो संस्था नेपाली जनताको भरपर्दो स्तम्भको रुपमा रहेको उल्लेख गरे। 

कार्यक्रममा नेपाली सेनाका कामु प्रधानसेनापति पूर्णचन्द्र थापालगायत उपस्थित थिए। 

प्रकाशित: २३ चैत्र २०७४ १३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App