‘सेयर मूल्यको होइन, नीतिगत सुधारका कुरा गरौं’

शुक्रबार, २३ चैत २०७४, ०८ : २५ नागरिक

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले सेयर मूल्यमा हुने उतारचढावलाई आधार मानेर भन्दा पनि नीतिगत सुधारबारे कुराकानी गरेर अगाडि बढनुपर्ने बताएका छन्। स्टक ब्रोकर र लगानीकर्तासँगको भेटमा उनले त्यस्तो धारणा व्यक्त गरेका हुन्। स्टक ब्रोक र लगानीकर्ता संघले बिहीबार संयुक्त रुपमा खतिवडालाई भेटेका थिए।

उक्त अवसरमा अर्थमन्त्री खतिवडाले आफूलाई सेयरको मूल्य घट–बढभन्दा पनि आर्थिक सुधारसँग मात्र मतलब भएको बताएका थिए।

भेटमा ब्रोकरहरुले भ्याटका कुरा उठाएको लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए। ‘ब्रोकरले पुँजी बजारमा भ्याट लगाउन नहुने सुझाव दिएका थिए,’ उनले भने, ‘हामी (लगानीकर्ता) ले अनलाइन कारोबार, मार्जिन लेन्डिङ लगायतका कार्यक्रम छिटो ल्याउन पहल गर्न आग्रह गरेका थियौं।’

ब्रोकर र लगानीकर्ता संघले दिएको सुझावमा अर्थमन्त्री खतिवडा सकारात्मक रहेको जानकारी पनि उनले दिए। ‘हरेक नेपालीको हातमा सेयर, घरमा पैसा र बैंकमा केही निक्षेप होस् भन्ने चाहना हाम्रो छ,’ अर्थमन्त्रीको भनाइलाई उद्धृत गर्दै उनले भने, ‘नीतिगत सुधारमा लागेको छु, सेयर मूल्य घटवढमा मेरो सरोकार छैन।’

‘सेयर बजार ध्वस्त (क्र्यास) पार्ने र अनि खरिद गर्ने तयारीमा कोही हुनुहुन्छ भने मेरो सहमत छैन,’ अर्थमन्त्री खतिवडाले भने, ‘सेयर बढाएर बेच्छु र बजारबाट निस्कन्छु भन्ने सोचमा कोही छ भने पनि मेरो त्यसमा सहमति छैन।’

लगानीकर्ताले बजारको उतारचढाबले समस्या परेको भन्दै सुनुवाइ माग गरेका थिए।  लगानीकर्ताले माग राख्न थालेपछि अर्थमन्त्रीले आफूले कहिले बजार घट्नु पर्छ भनेर मन्तव्य नदिएको बताए। ‘तपाईंहरु अर्थमन्त्रीले यसो र उसो भन्यो भनेर किन आलोचनामा उत्रिनुभयो,’ उनले कडा रुपमा प्रस्तुत हुँदै भने, ‘मैले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेको छैन।’

अर्थमन्त्री खतिवडाले एक साताअघि विराटनगरमा सेयर बजार घट्नु स्वाभाविक प्रक्रिया भएको अभिव्यक्ति दिएका थिए। त्यसपछि सेयर मूल्य घटेको लगानीकर्ताको भनाइ छ । यसअघि पनि खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेपछि सेयर बजारमा उच्च गिरावट आएको आरोप लगानीकर्ताले लगाएका थिए।

खासगरी लगानीकर्ता संघ–संगठनहरुले अर्थमन्त्रीले सेयर बजार घटाउने खालको अभिव्यक्ति दिएको भन्दै आलोचना गरिरहेका छन्। त्यसतर्फ संकेत गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘सिजनमा काउलीको भाउ २० रुपैयाँ किलोमा पनि झर्छ । बेसिजनमा महँगिएर सय रुपैयाँ पनि नाघ्छ । सेयर बजार पनि त्यस्तै हो।’

उक्त अवसरमा अर्थमन्त्री खतिवडाले उत्पादनमूलक कम्पनीलाई पनि सेयर बजारमा ल्याउन पहल गरिरहेको बताए।

तीन खम्बे अर्थनीति अनुसार स–सानो पुँजी परिचालन गरी समग्र रुपमा आर्थिक विकास गर्ने लक्ष्य लिएको पनि अर्थमन्त्री खतिवडाले बताए।

लगानीकर्ताले बजारको स्थिरताको लागि नागरिक लगानी कोष र सञ्चय कोषलाई बजार निर्माताका रुपमा भिœयाउन समेत माग गरेका थिए। ‘यस विषयमा मैले तीन वर्षअगाडि नै काम अघि बढाएको थिएँ, अहिलेसम्म केही भएको छैन,’ उनको भनाइ उद्धृत गर्दै एक लगानीकर्ताले भने, ‘सेयर खरिद–बिक्रीको दायरा बढाउनु पर्छ। किन्ने जति हुन्छन्, बेच्ने पनि त्यत्ति नै भए भने के हुन्छ त्यो त तपाईंहरुलाई पनि थाहा नै छ।’

बजार विकासको लागि सामूहिक लगानी कोष कम्पनीहरुको व्यवस्था भए पनि उनीहरुले बैंकमा जम्मा गरेर ब्याज खाने गरिरहेको गुनासो लगानीकर्ताले गरेका थिए। अनलाइन प्रणाली आउन ढिला भएको भन्दै गुनासो पोखेका लगानीकर्ता र ब्रोकरलाई उनले नीतिगत सुधारमा जोड दिएर अगाडि बढ्न र त्यसमा साथ दिन आग्रह गरेका थिए। ‘कम्पनीको वित्तीय अवस्था नहेरी, चुरोट खाएर स्क्रिनमा हेरेर सेयर खरिद–बिक्री गर्दाको परिणाम सुखद हुँदैन,’ अर्थमन्त्री खतिवडाको भनाइ उद्धृत गर्दै सहभागी एक लगानीकर्ताले भने, ‘सेयर मूल्यको मुद्दा नआउनुस्, नीतिगत विषयमा कुरामा लिएर मात्र आउनुहोस्।’








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad