१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जगदम्बा स्टिल्सले ल्यायो ‘राइनो ५०० डी’ फलामे छड

काठमाडाैं– शंकर गु्रपअन्तर्गतको जगदम्बा स्टिल्स प्रालिले नेपाली बजारमा ‘ग्यारेण्टेड डक्टिलिटी’ सहितको राइनो ५०० डी फलामे छड सार्वजनिक गरेको छ। राइनो ५०० डी मजबुती तथा डक्टिलिटीसहितको छड भएको कम्पनीको दाबी छ। उत्पादन प्रक्रिया, भौतिक तथा रसायनिक गुणको सम्मिश्रणलगायत कारणले यो छड बजारमा उपलब्ध अन्य छडभन्दा विशेष क्षमताको रहेको कम्पनीको भनाई छ।

उक्त नयाँ छडको खरिदमा कम्पनीले आफ्ना उपभोक्तालाई राइनो ५००डी ग्यारेण्टि कार्ड पनि उपलब्ध गराउने जनाएको छ। ग्यारेण्टि कार्डमार्फत उपभोक्तालाई निर्माणमा गुणस्तर र सुरक्षाको प्रत्याभुती दिन चाहेको कम्पनीले बताइएको छ।

नयाँ उत्पादन सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै शंकर गु्रपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले अहिले अर्थ ब्यवस्थामा देखिएको उन्नतीका कारण हाउजिङलगायत पुर्वाधार विकासको क्षेत्रमा ब्यापक अवसरको सिर्जना भएको बताए। भुकम्पीय क्षति न्यूनिकरणका लागि सुरक्षित तथा भूकम्प प्रतिरोधात्मक निर्माण भने ठूलो चुनौतीका रुपमा रहेको बताउँदै अग्रवालले यही चुनौतीको सामना गर्ने सोचका साथ एफई ५००डी गे्रडमा फलामे छड राइनो ५००डी सार्वजनिक गरिएकोे बताए।

‘यो नेपालकै पहिलो र आफ्नो प्रकारको एक मात्र अत्यधिक शक्तिशाली र अधिकतम डक्टिलिटी सहितको फलामे छड हो,’ उनले भने।

 

प्रकाशित: ८ भाद्र २०७३ १३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App