काठमाडौं– ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ३ बुँदे सुझावपत्र बुझाएको छ।
ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले विहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत बुझाएको पत्रमा कालापानीबाट भारतीय अर्धसैनिक बल हटाउने विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलेर वार्ता गर्न आग्रह गरिएको छ।
तीन बुँदे पत्रमा नेपालले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको धारा ८ को अक्षरशः पालना गर्दै ग्रेटर नेपाल कायम गर्ने मुद्दा उठाउनुपर्ने, गोर्खा भर्ती बन्द गर्नुपर्ने र कालापानीबाट भारतीय अर्धसैनिक बल हटाउने विषयमा मोदीसँग खुलेर कुरा राख्न सुझाव दिइएको छ।
ग्रेटर नेपालले भारत भ्रमण गर्न प्रधानमन्त्री ओलीले हतार गरेको तर चीनको भ्रमण गर्न तत्परता नदेखाएको आरोप लगाउँदै उनको राष्ट्रवादी व्यक्तित्वमाथि शंका समेत व्यक्त गरेको छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...
सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...
स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...
रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...
यसमा तपाईको मत