१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

साठी अमेरिकी कूटनीतिज्ञले रुस छोडे

मस्को –  ब्रिटिस गुप्तचरलाई विषाक्त रासायनिक पदार्थ सेवन गराएर हत्या प्रयास गरेको आरोपमा अमेरिकाले रुसी नागरिकलाई देश निकाला गरेपछि सुरु भएको दुई देशबीचको कूटनीतिक समस्या सतहमा आएको छ। 

यस कूटनीतिक दरारको पछिल्लो परिणामस्वरुप बिहीबार केही अमेरिकी कूटनीतिज्ञले रुस छोडेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

समाचारका अनुसार रुसले देश निकाला गरेका ६० जना अमेरिकी कूटनीतिज्ञले बिहीबार मस्को छोडेका छन्। उनीहरू बिहीबारै मस्कोस्थित अमेरिकी दूतावासबाट बाहिरिएका हुन्। 

उनीहरू  विहीबार नै अमेरिकाका लागि प्रस्थान गरेका छन् । यसअघि पनि अमेरिकाले वासिङ्टनस्थित ६० जना रुसी कूटनीतिज्ञहरुलाई देश छोड्न भनेको थियो। 

उनीहरुले गतहप्ता नै अमेरिका छोडेर आफ्नो देशतर्फ लागेका थिए । ६० जना रुसी कूटनीतिज्ञले वासिङ्टन छोडेको समाचार यसअघि नै आएको थियो। 

साठी जना रुसी कूटनीतिज्ञले गएको शनिबार अमेरिका छोडेर आफ्नो देश प्रस्थान गरेका हुन्। ती रुसी कूटनीतिज्ञहरु आफ्नो परिवारका सदस्यसहित करिब १७० जनाले देश छाडेका हुन्। 

उता अमेरिकाबाट रुसी कूटनीतिज्ञहरु फर्किँदै गरेको दिन नै रुसले पनि यहाँको सेन्ट पिटर्स्बर्गस्थित अमेरिकी कन्सुलेट कार्यालय बन्द गर्न रुसी सरकारले निर्देशन गरेको थियो। 

सोही कन्सुलेट कार्यालयका ती अमेरिकी कूटनीतिक कर्मचारीहरुले बिहीबार रुस छोडेका हुन्। अमेरिकाले आफ्ना ६० जना कर्मचारीलाई देश निकाला गरेकोले रुस सरकारले पनि ६० जना अमेरिकी कूटनीतिज्ञलाई एक हप्ताभित्र देश छोड्न भनेको थियो। 

साथै रुसले बेलायतले पनि रुसी कूटनीतिज्ञहरु हटाएकोले सोही सरह नै पनि ब्रिटिसहरुलाई देश छोड्न भनेको छ। 

तर अमेरिका र बेलायतले भने आफ्ना कूटनीतिज्ञहरुलाई बिनाकुनै आधार रुसले देश निकाला गरिरहेको भन्दै यस कदमको विरोध गर्दै आएको छ। 

त्यसैगरी अरु केही युरोपेली र पश्चिमा मुलुकहरुले पनि आफ्नो देशमा रहेका रुसी कूटनीतिज्ञहरुलाई हटाइरहेकोले आफूहरुले पनि सोही बमोजिम ती देशका कूटनीतिज्ञहरु पनि निकाला गर्ने रुसको भनाई छ। 

प्रकाशित: २२ चैत्र २०७४ ०९:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App