१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

डीपीएल : रुपन्देहीद्वारा महेन्द्रनगरसामु १४५ रनको लक्ष्य प्रस्तुत

धनगढी– कैलालीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा रुपन्देही च्यालर्सले महेन्द्रनगर युनाइटेडसामु १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर व्याटिङ रोजेको रुपन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनायो। रुपन्देहीका लागि प्रदीप ऐरीले सर्वाधिक ३९ रन बनाए। सागर पुन २८, दिपक प्रसाद १७, कुशल मल्ल १५, सुफयान मेहमुद, अमर रौटेला र सुसान भारीले समान ९ रन जोडे।

बलिङतर्फ पुनित विष्टले ४ विकेट लिए। भुवन कार्की, पुनित मेहरा, अभिनास कर्ण र करण केसीले समान १ विकेट लिए।

अहिले महेन्द्रनगर युनाइटेडले ब्याटिङ गरिरहेको छ। 

प्रकाशित: २२ चैत्र २०७४ ०९:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App