१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एक महिनामा ११ बैठक बसेर सकियो संसद् अधिवेशन

काठमाडौं – अधिवेशन सुरु भएको एक महिनासम्म संसद्का बैठक औपचारिकतामा मात्र सीमित भए। सरकारले आवश्यक बिजनेस दिन नसकछि मंगलबार संसद्को अधिवेशन अन्त्य गरेको छ। फागुन २१ गतेदेखि संसद् अधिवेशन सुरु भएको हो । संसद् अधिवेशनको एक महिनामा ११ वटा बैठक मात्रै भए।

संसद्का बैठकलाई प्रभावकारी बनाउन सरकारले आवश्यकता अनुसारका कुनै विधेयक संसद्मा ल्याउने कार्य नगरेपछि महत्वपूर्ण कानुन निर्माण प्रक्रिया पछि धकेलिएको छ।
संसद्ले करिब ५० कानुन तत्कालै बनाउनु पर्ने अवस्था थियो भने अघिल्लो संसद्मा हेलचेक्र्याइँले निस्क्रिय बनेका १९ कानुन तत्कालै ल्याउनु पथ्र्याे।

कानुनमन्त्री शेरबहादुर तामाङ्ले सरकार प्रदेशलाई आवश्यक पर्ने नमूना कानुन तयार गर्ने र अध्यादेश अन्तर्गत रहेर प्रतिस्थापन विधेयक तयार गर्ने काममा व्यस्त भएका कारण आवश्यक बिजनेस दिन नसकेको बताए।

उनले प्रदेशमा २२ नमूना कानुन पठाइसकिएको जानाकारी दिँदै १७ नमूना कानुन पनि तत्कालै पठाउन लागिएको बताए।

संसद् अधिवेशनले कानुनको रूपमा प्रतिनिधिसभाको र राष्ट्रियसभाको अन्तरिम कार्यविधि पारित गरेको थियो भने चार अध्यादेश संसदबाट स्वीकृत गरेको हो। यसमा राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप  आयोग(पहिलो संशोधन) अध्यादेश र राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश छन्।

एमाले संसद्विन्दा पाण्डेसहित २५ जना महिलाले चैत १२ गते संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका थिए।

संकल्प प्रस्तावलाई पनि संसद्बाट अघि बढाउने कार्य गरिएन। संकल्प प्रस्तावमा ‘महिलामाथि हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै लैंगिक विभेद, आर्थिक असमानता र सामाजिक न्याय सुनिश्चित गर्न सरकारले सम्बन्धित निकायलाई प्रभावकारी निर्देशन गरोस्,’ भनिएको थियो।

त्यसको मन्त्रीले सदनमा जवाफ नदिईकनै संसद् अधिवेशन अन्त्य भएको छ। संसद्मा निर्वाचित भएर आएका नयाँ सांसदलाई संसद्को प्रक्रियाको विषयमा समेत ज्ञान नहुँदा पनि संसद् प्रभावकारी नबनेको संसद सचिवालयका एक अधिकारीले बताए। सांसदलाई संसदीय प्रक्रियासम्बन्धी ज्ञान नभएका संसद् सचिवालयले सांसदलाई आवश्यक जानकारी दिने तालिम दिन लागेको छ।

सांसदलाई  संसद् सचिवालयको आधारभूत जानकारी, संघीय संसदीय प्रक्रिया र सचिवालयको भूमिका, संघीय संरचना र संसदको भूमिका, कानुन तर्जुमा प्रक्रिया, कानुन निर्माण र सरकारका काम कारबाहीको अनुगमनमा संसदीय समितिहरूको भूमिका, संसद् र नागरिक सम्बन्ध एवं सदस्यहरूको आफ्नो निर्वाचन क्षेत्रसँगको सम्बन्ध, बजेट निर्माण र वित्तिय अनुगमनमा संसद्को भूमिका, संसदीय कारबाही र समावेशीकरणमा महिला सांसद्को भूमिका लगायतमका सांसदका लागि जानकारीमूलक कार्यक्रम आयोजना गर्ने संसद् सचिवालयको तयारी रहेको सचिवालय स्रोतले बतायो।

संसद् अधिवेशन सुरु भएपछि संसद्मा प्रतिनिधिसभाको सभामुखको निर्वाचन फागुन २६ मा सम्पन्न भएको छ। राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन फागुन ३० गते सम्पन्न भएको छ। प्रतिनिधि सभाको उपसभामुख निर्वाचन चैत २ सम्पन्न भएको थियो। राष्ट्रियसभाको  उपाध्यक्ष निर्वाचन चैत ४ गते सम्पन्न भएको थियो।  गत फागुन ३ गते प्रधानमन्त्री भएका केपी शर्मा वलीले फागुन २७ गते विश्वासको मत लिएका थिए।

राष्ट्रियसभाको बैठकले राष्ट्रियसभा नियमावली मस्यौदा र प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभाको नियमावली मस्यौदा समिति गठन गरेका थिए।

फागुन १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसद्को संयुक्त बैठकलाईसम्बोधन गरेकी थिइन् । भने मंगलबार प्रधानमन्त्री केपी शर्मा वलीले सम्बोधन गरेका थिए।

राष्ट्रपतिको सम्बोधनप्रति चैत १६ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकले राष्ट्रपतिमा धन्यवाद प्रस्ताव पारित गरेको थियो। चैत १६ गते संसद्का दुवै सभामा अर्थमन्त्री युवराज खतिवडाद्वारा आर्थिक गतिबिधिको जानकारी गराएका थिए।

प्रकाशित: २२ चैत्र २०७४ ०१:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App