१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ

लमजुङ– आफ्नै छोरीलाई करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। 

सुन्दरबजार–४, दुराडाँडाका सार्की थरका एक जनालाई मदिरा सेवन गरी पटकपटक १४ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। छोरीलाई धम्की दिँदै करणी गर्ने गरेको श्रीमतीले थाहा पाएपछि प्रहरीमा उजुरी दिएकाले सार्कीविरुद्ध जबर्जस्ती करणी र हाडनाता करणी उद्योग मुद्दा हालिएको प्रहरीले जनाएको छ। 

चट्याङ लागेर मृत्यु 

यस्तै, चट्याङ लागेर दोर्दी गाउँपालिका–६ कर्ती गाउँका बलबहादुर घलेको मृत्यु भएको छ। गाउँभन्दा एक घण्टा टाढा लेकमा गाईगोठमा बसेका बेला परेको चट्याङबाट चार गाई पनि मरेको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए। रासस

प्रकाशित: २१ चैत्र २०७४ १२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App