१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

काठमाडौं गोल्डेन्सद्वारा अत्तरियासामु १३८ रनको लक्ष्य प्रस्तुत, मल्लकाे अर्धशतक


कैलाली – धनगढी प्रिमियर लिग (डीपिएल) क्रिकेटको बुधबार (आज) को दोस्रो खेलमा काठमाडौं गोल्डेन्सले सीवाइसी अत्तरियासामु १ सय ३८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस जितेर पहिला व्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३७ रन बनायो।

काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाउने क्रममा सर्वाधिक ५७ रन बनाए। मल्लले ४३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै नरेश बुढाऐरले २७ र रासिद खानले १६ रन बनाएपनि अन्य खेलाडीको प्रदर्शन सन्तोषजनक रहेन। काठमाडौंका ८ जना खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।  

अत्तरिया लागि सुभाङकर उराउले ३,भिपिन चद्र र कृष्ण कार्कीले २–२ तथा कमलसिंह ऐरी र दिपेन्द्रसिंह ऐरीले एक– विकेट लिए।

प्रकाशित: २१ चैत्र २०७४ ०९:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App