१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उपसचिवले गरे आत्महत्या

बुटवल – प्रदेश नम्वर ५ को उद्योग, पर्यटन तथा वन मन्त्रालयमा कार्यरत उपसचिव विष्णुहरि आचार्यले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीका अनुसार मंगलबार बेलुकी आचार्य प्लाष्टिकको डोरी प्रयोग गरी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। उनले आफु बस्दै आएको नगर उद्योग विकास कार्यालयको क्वार्टरमा भित्र आत्महत्या गरेको बताइएको छ।।

उनको क्वार्टरमा सुसाइड नोट पनि फेला परेको वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक मदनदिप महराले बताए। महराका अनुसार सुसाइड नोटमा उपसचिव आचार्यले विगत २७ वर्षदेखि आफू मानसिक समस्यामा रहेको उल्लेख गरेका छन्। मानसिक पीडा सहन नसकी आत्महत्या गरेको सुसाइड नोटमा उल्लेख छ।

चितवन भरतपुर महानगरपालिका–११ जागृतीचोक स्थायी घर भएका आचार्य दुई साताअघि मात्रै भैरहवा आएका थिए ।

 आचार्यको भैरहवास्थित भीम अस्पतालमा पोष्टमार्टम भएको छ।

प्रकाशित: २१ चैत्र २०७४ ०५:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App