१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नदीमा डुबेर दुईकाे मृत्यु

मलेखु -गर्मी छल्न बूढीगण्डकी नदीमा नुहाउन गएका दुई जना विद्यार्थीको मंगलबार साँझ डुबेर मृत्यु भएको छ।

त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटार निवासी १५ वर्षीय कुशल हमाल र १३ वर्षीय कस्मिक हमालको बूढीगण्डकीमा डुबेको अवस्थामा उद्धार गरिएको र उपचारका लागि हेलिकप्टरबाट काठमाडाै‌ लाँदै गर्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ध्रुबराज राउतले बताए।

नदीमा डुबेपछि उनीहरुलाई गाउँवासीले उद्धार गरेका थिए । उद्धारपछि सल्यानटारमा प्रारम्भिक उपचार भएको थियो।रासस

प्रकाशित: २१ चैत्र २०७४ ०४:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App