२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

हङकङमा चन्द्रका कविता

काठमाडौं– राष्ट्रिय कविता महोत्सवमा प्रथम भएका कवि चन्द्र रानाहँछाले हङकङमा आफ्ना कविता सुनाएका छन्।

हङकङ साहित्यिक साझा शृङ्खला हङकङको आयोजना र एक्स गोर्खा रेष्टुरेन्ट एन्ड बार हङकङको निमन्त्रणमा त्यहाँ पुगेका कवि चन्द्रले गत अप्रिल १ मा आफ्ना कविता सुनाएका हुन् । यो कार्यक्रमपछि उनी बगैंचा पार्टी प्यालेस जोर्डन हङकङमा पनि सुनिए।

रीता गुरुङको प्रमुख आतिथ्यता र कवि तथा हङकङ साहित्य साझा श्रृंखलाका अध्यक्ष डिबी पालुङ्वाको सभापतित्वमा भएको कविता वाचनमा रानाहँछाले १३ कविता वाचन गरेका थिए। ‘आमाको छायाँ’ कविताबाट कविता वाचन सुरु गरेका चन्द्रले केही समयअघि दिवंगत भएका साहित्यकार इन्द्रबहादुर राईलाई समर्पण गर्दै ‘इन्द्रबहादुर राई दुई शब्द’ कविता सुनाएका थिए।

उनले ‘छुट्दा छुट्दै बैरागी काइँला’, ‘आँधीको यात्रा’, ‘प्रश्व नदीलाई’, ‘ईश्वरको सवारी’, ‘तिमीलाई एक्कासी भेटेपछि’, ‘आदिवासी बुबा’लगायतका कविता प्रस्तुत गरेका थिए ।कार्यक्रममा कवि डिबी पालुङवाले चन्द्रकै एक कविता वाचन गर्दा गायक सचिन राईले चन्द्रको गीत र आफ्ना केही गीत प्रस्तुत गरेका थिए । चन्द्रले हालसम्म ‘मनमा आँधी चलेपछि’, ‘भाउजू लडेको भीर’, ‘थिबिया चराको गीत’ जस्ता कविता कृति प्रकाशन गरिसकेका छन् ।
 

प्रकाशित: २१ चैत्र २०७४ ०३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App