१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इटालीमा ६.२ रेक्टरको भूकम्प, हेर्नुहाेस् तस्बिरमा (फाेटाे फिचर)

रोम– इटालीको राजधानी रोम नजिकैको शहर  पेरुगेएको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.२  रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण युएसजिएसले बताएको छ।

स्थानीय समयअनुसार बिहान ३ बजेर ३६ मिनेट जाँदा  पेरुगेएको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर  ६.२  रेक्टर स्केलको भूकम्प गएको र यसको गहिराई १० किमी भएको युएसजिएसले जनाएको छ।

भूकम्पको धक्का २० सेकेण्डसँग महसुस गरिएको थियो। भूकम्पबमा परी १० जनाको मृत्यु भएको र कयौ मानिस घाइते भएको इटालीको सरकारले जनाएको छ। उसले भूकम्पमा अझ धेरै मानिस पुरिएको हुनसक्ने भन्दै मृतक तथा घाइतेको संख्या बढ्न सक्ने बताएको छ।

भूकम्पपछि संचारमाध्यमसँग कुरा गर्दै एक्युमोलीका मेयर स्टफीना पेट्रुसीले भने, ‘भूकम्पको समयमा धेरै मानिसहरु आफ्नो घरमा सुतिरहेका थिए, त्यसैले धेरै मानिसहरु अहिले पनि भत्किएका भवनहरुमा पुरिरहेका हुनसक्छन् अब हाम्रो सहर रहेन, तर हाम्रो उद्धार कार्य जारी छ।'

उनले भूकम्पका कारण धेरै घर तथा भवनहरु भत्किनुका साथै बाटोहरु पनि भत्किएको बताए। उनले भूकम्पकै कारण सहरका केहि पुलहरुमा समेत क्षती पुगेको बताए ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App