१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बिप्लब माओवादीका गोरखा इन्चार्ज पक्राउ

गोरखा – बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गोरखा इन्चार्ज योगेन्द्र कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लामा भएको एनसेल टावर र स्काभेटरमा भएको आगजनीको घटनामा संलग्न रहेको आरोपमा मंगलवार राती कुमाललाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी भेषराज रिजालले बताए।

 चैत्र १५ गते गण्डकी गाउँपालिका–५ दर्वुङमा रहेको एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेको थियो । त्यस्तै चैत्र १९ गते मध्यपहाडी लोकमार्ग अन्तरगत गोरखाको घ्याम्पेशाल–निवेल सडकखण्डमा काम गर्ने स्काभेटरमा पनि आगजनी भएको थियो । उक्त घटनाहरुमा संलग्न रहेको भन्दै कुमाललाइ पक्राउ गरिएको डिएसपी रिजालले बताए।

गोरखा नगरपालिका–१२ दश किलोस्थित आफन्तको घरमा बसिरहेको अवस्थामा कुमाललाइ पक्राउ गरिएको उनले बताए । घटनाबारे अनुसन्धान जारी रहेके र बाँकी कार्यकर्ताहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २१ चैत्र २०७४ ०२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App