१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बदली अझै केही दिन

काठमाडौं – प्रिमनसुनमा भित्रिएको पश्चिमी वायुसँगै भएको तापक्रम वृद्धिले स्थानीय वायु सक्रिय बन्दा उपत्यकाको मध्यभागमा वर्षासहित देशका अधिकांश भागमा बदली भएको छ।

सोमबार साँझ सुरु भएको बदली अझै केही दिन रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार वायुका कारण उपत्यकाको मध्य क्षेत्रमा ५४.७ मिलिमिटर खण्ड वर्षा भएको छ। त्यसैगरी जिरीमा २.८ मिलिमिटर वर्षा भएको छ।

विभागका मौसमविद् मीनकुमार अर्यालका अनुसार गएको २४ घण्टामा मध्य र पश्चिमी नेपालको अधिकांश क्षेत्रका साथै पूर्वी नेपालको पहाडी क्षेत्रमा बदली भएको थियो। तराई दिनभर सफा थियो।

अर्यालका अनुसार बुधबार बिहान र अपराह्नपछि समेत मध्य र पश्चिमी नेपालका अधिकांश भूभागमा बदली हुनेछ। ‘ती दुवै क्षेत्रमा वर्षासमेत हुने सम्भावना छ,’ अर्यालले नागरिकसँग भने, ‘बुधबार मध्याह्नतिर मौसम सफा हुन्छ र अपराह्न ३ बजेपछि फेरि बदली र हल्का वर्षा हुन सक्छ।’

मौसमविद्हरुका अनुसार चिसो सकिएर तातो सुरु हुने मौसममा स्थानीय वायु सक्रिय भएर खण्डवृष्टि हुन्छ। ‘स्थानीय जलवाष्पयुक्त हावा भएपछि कुनै निश्चित ठाउँ केन्द्रित वर्षा हुन सक्छ,’ उनले भने। बदली र हल्का वर्षाको सम्भावना यो हप्ताभर नै रहने मौसमविद्को अनुमान छ।

प्रकाशित: २१ चैत्र २०७४ ०१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App