१५ वैशाख २०८१ शनिबार
image/svg+xml
मुख्य समाचार

मृतककाे शव लिन विशेष टोली बिहान ३ बजे काबुल जाँदै

काठमाडौं– सरकारले अफगानिस्तानको काबुलमा सोमबार भएको आत्मघाती आक्रमणमा मारिएका नेपालीको शव ल्याउन बुधबार बिहान साढे ३ बजे बिशेष टोली त्यसतर्फ जाने भएकोछ। गृहमन्त्रालयमा मंगलबार ११ बजेदेखि बसेको बैठकले नेपाल वायु सेवा निगमको एयर बस चार्टर गरी परराष्ट्रको नेतृत्वमा नेपाली सेना र नेपाल प्रहरीको बिशेष ब्युरोका अधिकारीसहितको टोली काबुल पठाउने भएको हो।

गृह प्रवक्ता सहसचिव यादवप्रसाद कोइरालाले परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश सुवेदी र गृहका महेश दाहालसहित वैदेशिक रोजगार प्रर्वद्धन विभाग र पर्यटन मन्त्रालयका एकएकजना प्रतिनिधी टोलीमा रहेका छन्। नेपाली सेनाका दुईजना चिकित्सक, एकजना पारामेडिकल अफिसर र एकजना एयर लाईजन अफिसर टोलीमा रहेका छन्। यस्तै बिशेष ब्युरोका एसपी सुदिप गिरीको नेतृत्वमा एकजना डिएसपी र एकजना नायव निरीक्षक टोलीमा रहनेछन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले नेपाल सरकारको निर्देशनअनुसार सेनाले चारजनाको इभाकेशन टिम तयार गरेको बताए। उनका अनुसार चिकित्सकसहित चारजनाको टोली काबुल गएको हो।
प्रधानमन्त्री केपी ओलीले अफगानिस्तानमा आत्मघाती आक्रमणमा मृत्यु भएका नेपालीको शव लिन निमगको जहाज पठाउन निर्देशन दिएका थिए। अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको आत्मघाती बम आक्रमणमा १२ नेपाली सहित १४ जनाको मृत्यु भएको थियो।

घटनाको प्रभावकारी खोज तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयले पाकिस्तानस्थित नेपाली दूतावासका कार्यवहाक राजदूतलाई सोमबार नै अफगानिस्तान पठाएको छ।

 

प्रकाशित: ७ असार २०७३ १४:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App