१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आधा अमेरिकी राष्ट्रपति ट्रम्पको पक्षमा

वासिङ्टन - करिब आधा अमेरिकी नागरिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैली मन पराएका अथवा उनको कार्यसम्पादनको अनुमोदन गरेका छन्।

अमेरिकी मतदाताहरुमा गरिएको एक सर्वेक्षणमा उनीहरुले यस्तो बताएका हुन्।अमेरिकाका मतदाताहरुमा हालै मात्र गरिएको एक अनुसन्धानमा उनीहरुले यस्तो बताएका हुन्।
राष्ट्रपतिको कार्यसम्बन्धी गरिएको रसामुसेन नामक एक अध्ययनको प्रतिवेदनमा यस्तो तथ्यांक आएको हाे। उक्त अनुसन्धान प्रतिवेदनअनुसार राष्ट्रपति ट्रम्पको कार्यशैली मनपराउने नागरिक ४९ प्रतिशत रहेका छन्।

तीमध्ये पनि ३३ प्रतिशतले  राष्ट्रपति ट्रम्पको कार्यशैलीलाई पूर्ण रुपमा समर्थन रहेको बताएका छन् । त्यस्तै अरु ३९ प्रतिशतले उनको कार्यशैलीको कडा रुपमा विरोध गरेका छन्।
यस अनुसन्धान राष्ट्रपति ट्रम्पको दैनिक कार्यशैलीको विषयमा अमेरिकाका एक हजार ५०० मतदातामा गरिएको थियो। तर यसअघि गत हप्ता मात्र पनि सिएनएनले गरेको यस्तै अर्को एक अध्ययनमा भने राष्ट्रपति ट्रम्पको कार्यशैली मन नपराउने व्यक्तिको संख्या ५४ प्रतिशत रहेको बताइएको थियो।

त्यस अध्ययनमा जम्मा ४२ प्रतिशत मात्र अमेरिकी मतदाताहरुले उनको कार्यशैली मनपराएको बताएका थिए । तर हप्ता दिनमात्र पछि आएको यस प्रतिवेदनमा भने यहाँका आधाजति जनसंख्याले उनको कार्यशैली मन पराएको जनाएका छन्।

यो अनुसन्धान हालैमात्र तीन दिन लगाएर गरिएको थियो । यस अघिको निर्वाचनमा सहभागी मतदाताहरु नै यस सर्वेक्षणमा सहभागी रहेका अनुसन्धानदाता संस्थाले जनाएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालयबाट पछिल्लो समयमा राष्ट्रपति ट्रम्पका सहयोगी तथा सल्लाहकारहरुको समूह एकपछि अर्कोगर्दै बाहिरिएको छ।

त्यस्तै केही समयमात्र अघि पनि उहाँले अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनलाई बर्खास्त गरेका थिए । यसरी अमेरिकामा पछिल्लो समयमा राष्ट्रपति ट्रम्पको कार्यशैली नै मन नपराएर यस रुपमा कर्मचारीहरुले ह्वाइट हाउस छोडेका बताइएको थियो ।यसै समयमा उनको लोकप्रियता मापन गर्नका लागि उक्त संस्थाले सो अनुसन्धान गरेको अनुमान पनि गरिएको छ।रासस

प्रकाशित: २० चैत्र २०७४ ०७:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App