१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

सवाल नगर कृषिका

मुलुकमा नगरीकरणबढ्दो छ। यो विकासको एउटा क्रम हो तापनि यसबाट कृषि क्षेत्र प्रभावित र विस्थापित भइरहेको छ। यद्यपि, कृषिसम्बन्धी प्रचारप्रसार तथा सेवाको जिम्मेवारी आ–आफ्नो इलाकामानगरपालिकाकै हुन आएको छ। खासगरी ठूला नगरमा कृषि कार्यक्रम आफैँमा चुनौती रअवसर दुवै बन्न गएको छ। कृषि भूमि दिनानुदिन घट्दै गएको छ र खाद्यवस्तुको माग बढ्दो छ। तर सीमित जग्गा र ठाउँमा उत्पादन हुने कृषि वस्तु र नयाँ–नयाँ प्रविधिपनि उपलब्ध छन्। नगर कृषि (सहरी कृषि) कुनै नयाँ कुरा होइन। कुनै न कुनैरूपमा धेरैथोरै भइरहेकै छ। यसलाई संभव भएका ठाउँर क्षेत्रमाकसरी विस्तार गर्ने र त्यसको उत्पादकत्व कसरी बढाउने भन्ने नै हो। नगर कृषिले आत्मनिर्भर हुने लक्ष्य त राख्न सक्दैन।

नगरपालिकाले खासमा नगर क्षेत्र जनाउँछ तापनि सबै क्षेत्र बजार र बस्तीले ढाकेको हुन्न। दीर्घकालीन सोच र योजनाबद्घ ढंगले विकास गरिएका र क्षेत्र निर्धारण गरिएका नगरको विभिन्न उपक्षेत्र हुन्छन् र हुनुपर्छ। त्यसमाकृषि क्षेत्र पनि पर्छ र पर्नुपर्छ। दुर्भाग्य नै भनौँ, नेपालका शासक र योजनाकारले त्यसतर्फ सोचेनन्। बरु नगरलगायतका क्षेत्र निर्धारण गर्दा नेताले आफ्नो भोटको पकेट कसरी क्षय हुन नदिने भन्नेतर्पmमात्र सोचे। स्थानीय चुनावअघिसम्म एउटामात्र महानगरपालिका (काठमाडौँ) थियो, अहिले धेरै छन्। अहिलेका महानगरपालिकामध्ये काठमाडौँ र ललितपुरबाहेक धेरैमा कृषिका लागि क्षेत्र छुट्याउने प्रबद्र्घन गर्ने ठाउँ छन्। तर समयमै त्यसको योजना बनाएर कार्यान्वयनमा जानुपर्छ। भर्खरै सर्वोच्च अदालतले भूमिसुधार तथा व्यवस्था मन्त्रालयले गत साउन २६ गते कृषियोग्य जग्गाको प्लटिङ गर्न नपाउने गरेको निर्णयलाई सदर गरेको छ जुन प्रसंशनीय छ। यसको कार्यान्वयन तत्काल हुनुपर्छ ।यो लेखको उद्देश्य सहरी बस्ती जहाँ खेती गर्न जग्गा बाँकी छैन, त्यहाँघरघरमा कृषिसम्बन्धी केही न केही कार्य गर्न सकिन्छ भन्नेबारेचर्चा गर्नुहो।

कौसी खेतीःकाठमाडौँ महानगरपालिकाले केही वर्षदेखि कौसी खेती कार्यक्रम सञ्चालन गर्दै आएको छ। जुन क्षेत्रमा घनाबस्ती छ, त्यहाँ कौसी भएका घरघरमा केही न केही उब्जाउन सकिन्छ। मुख्य कुरा, कौसी पक्की हुनुपर्छ, पानी रसाएर घरै बिगार्ने हुनुभएन। कौसीमा गमलामा फूल लगाउने चलन त परापूर्वकालदेखि चल्दै आएकै हो। बिहान दैनिक पूजाका लागि त्यही पूmल टिपिन्थ्यो। अहिले त यो चलन घरको सौन्दर्यका लागि पनि बढेको छ ।कागती, मुन्तला, होचो जातको जापानिज सुन्तलालगायत विभिन्न फलफूलठूलो गमलामा लगाउन सकिन्छ र लगाएकाछन् पनि। ढलान भुइँमा पातलो गरी माटो ओछ्याएर लसुन, प्याज, धनियाँआदि लगाउँछन्। पानी रसाउनबाट बचाउन भुइँमा प्लास्टिक ओछ्याउन सकिन्छ। माछाको ढुवानीमा प्रयोग गर्ने स्टाइरोफोमको हल्का बाकस (प्रयोग भइसकेका) लाई गमलाका रूपमा प्रयोग गर्न सकिन्छ। आकाशे पानीबाट बचाउनका लागि कौशीमाथि घाम छिर्ने पोलिकार्बोनेट सिटको छत राख्न सकिन्छ। कौसी उत्पादनले ३–४ जनाको एउटा परिवारलाई पुग्दैनतापनि आफ्नै घरमा उब्जेको फलफूल र तरकारीकोस्वादै बेग्लै हुन्छ।

सहरको घरघरमा गर्न सकिने कृषि कार्यले बच्चाहरूलाई शिक्षा प्रदान गर्न र स्वाबलम्बी बनाउन पनि मद्दत मिल्छ्। यी कुरा व्यवहारमा नल्याउने हो भने सहरका नयाँ पुस्ताले कृषि भन्ने के हो, थाहा पाउने छैनन्।

करेसा बारीः यो पनि परापूर्वकालदेखि चल्दै आएको चलन नै हो। घरहरू बढ्दै गएपछि करेसाबारी मासिँदै गयो, मान्छे अल्छी हुँदै गए। सहर बस्तीमा घरले चर्चेकाखाली जग्गामा केही न केही उब्जाएकै छन् र उब्जाउन सकिन्छ। तीठाउँलाई लक्षित गरीसागपात, तरकारी, बहुवर्षीय पाटे सिमी, स्कुसआदि लगाउन सकिन्छ ।नयाँनयाँ बाली र जात विकास भएको छ। समय मिलाएर टिप्ने र बीउ छर्नेगरिरहने हो भने हरियो सागपात खाली हुन्न। घाम नलाग्ने सेपिलो ठाउँमा बकुल्ला र सागपातलगाउन सकिन्छ।

फलपूmलका बोटःसहर बस्तीको बीचमाठूला फलफूल बगैँचा त कल्पना नगरौँतर प्रत्येक घरको खाली ठाउँमा मौसम सुहाउँदो कुनै न कुनै फलफूलका १–२ बोट लगाउन सकिन्छ। मध्य र उपत्यका क्षेत्रमा अम्बा, एभोकाडो,अनार, अंगुर,हलुवावेद आदि लगाउने गरेका छन्। काठमाडौँमै स्याउ फलेको पाइन्छ। नयाँ नयाँ किसिमका फलफूल ठाउँठाउँमा फलेका छन्। तिनको विस्तार गर्न सकिन्छ। आयातीत ड्रागन फल धेरै ठाउँमा र गमलामै फलेका छन्। तराईतिर त गर्मीमा हुने सबैजसो फलपूmल लगाएकै हुन्छन् तर मासिँदै पनि छन्। फलपूmलका बोट प्रबद्र्घन गर्न सके कंक्रिटले ढाक्दै गएको सहरहरूमा केही न केही हरियाली मिसाउन सहयोग गर्छ।

च्याउ खेतीःच्याउखेती अहिले जताततै पैmलिएको छ। खेती गर्न सकिने च्याउका किसिम र जात पनि धेरै निस्केका छन्। तीमध्ये सिताके एउटा हो। च्याउको प्रकारअनुसार छिँडी, कोठा, झुपडी, टनेल आदिमा यो खेती गर्न सकिन्छ। ठाउँ र समय छ भने सानै ठाउँमा पनि सानो व्यवसायका रूपमा च्याउ लगाउन सकिन्छ। परिवारलाई हप्तामा एकरदुईछाक पुग्ने च्याउ त आपैmँकहाँ सजिलै उत्पादन गर्न सकिन्छ।

कुखुरा÷हाँस पालनःकौसीलगायत केही खुला ठाउँ छ र इच्छा छ भने निश्चित ठाउँमा खोरसहित ५र७ वटा नबिराइ पाल्न सकिन्छ। दिनमा दुई चारवटा अण्डा पनि पार्छन् ।कौसी खेती र करेसा बारीलाई मल पनि निस्कन्छ। कुखुरा र हाँसबाहेक अरु पन्छी (जस्तै– बट्टाइ) पनि पाल्न सकिन्छ।

पशुपालनः सहर बस्तीमापशुपालन अव्यावहारिक लाग्लातर पाल्नेले गाई, बाख्रा आदि पालिरहेका छन्। मेरो बा हुँदा घरमा एउटा गनाउने बोका खाली हुन्नथ्यो। नेवारका केही जातिलाई गनाउने बोकाको मासु मनपर्ने र गुठीलाई चाहिने हुन्थ्यो। राँगाको मासुमा थोरै मिसाएपछि सबै बोकाको मासुसरह स्वाद आउने। त्यस्तो बोका महँगोमा बिक्री हुन्थ्यो। अहिले नार्कले गरेको अनुसन्धानबाट मुस्ताङ क्षेत्रमा पाइने सानो कदका ‘लुलु’ गाई काठमाडौँको हावापानीमा राम्रो पाइएको छ। यसलाई धेरै ठाउँ नचाहिने र ३÷४ जनाको एउटा परिवारका लागि पुग्ने दूध दिन्छ। जसबाट मल पनि उत्पादन हुन्छ।

माछापालनःखाने माछा पाल्न पोखरी नै चाहिन्न। घरकै परिसरमा एउटा खाल्डोमा मागुरमाछा पाल्न सकिन्छ। भान्छाबाट उब्रेको खाना दानाका रूपमा प्रयोग हुन्छ। खाल्डोको साइज ठाउँको उपलब्धताअनुसार सामान्यतया १ क्युबिक मिटरसम्मको हुन सक्छ। पानी नअडिने छ भने प्लास्टिक प्रयोग गर्न सकिन्छ तर पिँधमा एक तह माटो भने हुनुपर्छ। त्यसो गर्दाएउटा परिवारलाई सिजनमा हप्तामा एकपटक पुग्ने माछा उत्पादन हुन्छ। यसको लागि चाहिने प्रविधि र भुरा नजिकैको मत्स्य केन्द्रबाट उपलब्ध हुन्छ।

यी त भए नगर कृषिका लागि केहीसामान्य जानकारी। जुनगरिँदै आएका काम पनिहुन्। मात्र बढ्दो सहरीकरण र सहरी आदतले गर्दा गरिरहेका कामछोडिँदै गए, बिर्सँदै गए। तिनै कुरालाई झक्झक्याउनमात्र खोजिएको हो। यी कुरा व्यवहारमा नल्याउने हो भने सहरका नयाँ पुस्ताले कृषि भन्ने के हो, थाहा पाउने छैनन्। सहरको घरघरमा गर्न सकिने कृषि कार्यले बच्चाहरूलाई शिक्षा प्रदान गर्न र स्वाबलम्बी बनाउन पनि मद्दत मिल्छ। एउटा रमाइलो प्रसंग– विकसित मुलुकमा सहरमा जन्मे÷हुर्केका बच्चालाई अण्डा केले पार्छ भनेर सोध्यो भने फलाना सुपरमार्केटले पार्छ भन्छन् रे।

नगर कृषिको कुरा गर्दा माटोबिनाको कृषि पनि गर्न सकिन्छ। जस्तै पानीको माध्यममा गरिने ‘हाइड्रोपोनिक्स’ र हावाको माध्यममा गरिने ‘एरोपोनिक्स’ खेती। यो घर परिवारमा सामान्य प्रयोजनका लागि व्यावहारिक हुन्न। यसका लागिभौतिक पूर्वाधारसहित केही जोरजाम गर्नुपर्ने हुन्छ। तरसानादेखि ठूला व्यवसायका रूपमा सहरभित्रै यो संभव छ। निजीस्तरमा केही सुरु भइसकेका पनि छन्।

अन्त्यमा, घर–घरमा गरिने नगर कृषिले थोरै अंशमा भए पनि खाद्यलगायतका कृषिजन्य वस्तुहरू स्वआपूर्ति हुन्छ। प्रत्यक्ष वा परोक्षरूपमा वातावरण स्वस्थ राख्न र नगरको सौन्दर्य बढाउनमा सहयोग गर्छ। प्रत्येक घरबाट निस्कने धुलो र कुहिने फोहर आफ्नै बारी र गमलामा प्रयोग हुन्छ जुन धेरै पहिलेदेखि नगरपालिकाले गर्दै आएका पनि छन्। घर–घरमा यथासंभव सानै भए पनि चिटिक्क परेका र बाह्रै महिना केही न केही फलिरहने करेसा बारी बन्छ। यसतर्फ नगरबासीलाई उत्प्रेरित गर्ने कार्यक्रम बन्नुपर्छ। नगर र नगर आसपास तरकारी र फलफूलका नर्सरीलगायत कम्पोस्ट, भर्मिकम्पोस्ट, जैविक मल आदि उत्पादनको व्यवसाय फस्टाउँछ। बीउ उत्पादनको व्यवसाय र व्यापार बढ्छ। नगर क्षेत्रमा जग्गा बाँझो राख्न नदिन उपयुक्त नीति तथा कार्यक्रम नगरपालिकाले बनाउनुपर्छ। अहिले खाली जग्गा फोहर फाल्ने ठाउँ बनेका छन्। मुख्य कुरा, नगरपालिकाका कृषिसम्बद्घ निकायले सम्बन्धित कृषि अनुसन्धान तथा विकास कार्यालयहरूसँग समन्वय र सहकार्य गरी आ–आफ्नो क्षेत्रलाई सुहाउँदो कृषि कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्नुपर्छ ।मागबमोजिमको तालिम, सेवा, सहजीकरण र अनुगमनलाई प्राथमिकतामा राख्नुपर्छ।

प्रकाशित: २० चैत्र २०७४ ०४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App