१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पदाधिकारी र तस्करको मिलेमतोमा वन फँडानी

काटिएको अवस्थामा सामुदायिक वनमा फेला परेकोे रूख हेर्दे वन अधिकृत। तस्बिर : निर्मल/नागरिक

बर्दिया – सरकारी प्रतिबन्धको वेवास्ता गरी बढैयाताल गाउँपालिका–३ स्थितमानझुन्डी सामुदायिक वनमा व्यापक फँडानी भएको छ।

इलाका सेक्टर वन कार्यालय,मैनापोखरअन्र्तगत पर्ने मानझुन्डी सामुदायिक वनमा तस्कर र सामुदायिक वनका पदाधिकारीको मिलमितोमा फँडानी भएको हो।

उपभोक्ताका लागि आन्तरिक खपत गर्नेेबाहनामाफँडानी भएको स्थानीयले सुराक पाएर विरोध जनाएपछि सामुदायिक वनमा व्यापक फँडानी भएको तथ्य खुलेको हो।

फँडानीमा सामुदायिक वनका पदाधिकारी रउपभोक्तामध्येका रूख कटानीकोजिम्मा लिने ठेकेदारको मिलिमतोे देखिन्छ ।नेपालगञ्ज र गुलरिया सडकखन्डमा पर्ने मानझुन्डी सामुदायिक वनमा फँडानी गरिएको सिसौं जातको एक सय २७ वटा रूख सामुदायिक कार्यालयमा संकलन गरेर राखिएको अवस्थामा भेटिएको छ।

आन्तरिक खपतका लागि काटिएका रूखमध्येछपान नभएका २७ वटा सिसौंका रूख बढी काटिएको स्थानीयको दाबी छ । सामुदायिक वनमा व्यापक अनिमियतता भएको स्थानीय चुणामणि पौडेलले बताए ।‘यस सामुदायिक वन वन्यजन्तुको बासस्थान पनि हो,’उनले भने,‘सामुदायिक वनका पदाधिकारीले यस वनलाई कमाई खाने भाँडो बनाएका देख्दा चित्त दुख्छ ।’ उनले फँडानीको निष्पक्ष छानबिन गरिदिनुपर्ने माग गरे।

सामुदायिक वनमा कार्ययोजना भन्दा निकै बढी काठ काटिएको वन कर्मचारी स्वयंबताउँछन् ।सेक्टर कार्यालय मैनापोखरका प्रमुख आनन्द शाहको नेतृत्वमा स्थलगत गएकोे टोलीले फँडानी गर्ने उद्देश्यले कटान गरेको पुष्टि गरे। अनुसन्धानको क्रममा रहेकाले अहिले केही भन्न नसकिने अधिकृत शाहले वताए। तर,दाँउरा भनेर संकलन गरेको काठमा पनि गोलिया भेटिएको उनले जानकारी दिए। ठेकेदार,अध्यक्ष शेर वहादुर रावल र कार्यालय सचिव पदमबहादुर बुढामगर रूख कटानीमा संलग्न देखिएकोप्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

‘सामुदायिक वनबाट २७ वटा बढीरूख कटान भएको स्रोतको दाबी छ, गोलिया काठ दाउरा भन्न खोजिए पनि अवैध कटान भएको देखिन्छ,’अधिकृत शाहले भने।  प्रहरीले पनि सोही ठाउँबाट अवैध काठ बरामद गरेर वन कार्यालय बुझाएको लामो सूची छ ।उक्तसामुदायिक वनमा व्यापक फँडानी भएको हुनसक्ने स्थानीयको आशंका छ।

दिन र रात रूख कटान गरेर धमाधम  गोलिया पार्ने काम भइरहेको स्थानीय रामबहादुर खबासले बताए। ‘यसअघि दिनदहाडै कोषाध्यक्षको हो भनेर काठ लैजाँदै गरेको भेटेको थिएँ,’उनले फाइल भिडियो रेकर्ड देखाउँदै  भने, ‘मैले भिडियो पनि खिचेको छु,यसबाट पनि पुष्टि हुन्छ।’

वन फँडानी जस्ता अनियमित क्रियाकलाप पदाधिकारीको मिलिमतोमा भइहरको उनको आरोप छ ।कटानीका क्रममा वैधानिक मापदण्ड उल्लंघन गरिएको पाइएको छ। वन फँडानी गरेको भन्दै सरकारले काठ कटान,छपान र ओसारपसारमा रोक लगाएको छ। ढलेका र सुकेकारूख उठाउँन पनि सामुदायिक वनका पदाधिकारीको निर्णय गरेर वन कार्यालयवाट अनुमति लिने प्रावधान छ। गोप्य सूचनाका आधारमा वन कर्मचारीबाट गरिएको वन फँडानीको स्थलगत अध्ययनपछि वन पदाधिकारी आरोप प्रत्यारोपमा उत्रेका छन्। सोमवार दिउँसो जिल्ला वन अधिकृत शाहको टोली फँडानी क्षेत्रतर्फ गएको थियो ।स्थलगत अध्ययनपछि दोषी भेटिएकालाई कारबाही अगाडि बढाउने साहायक वन अधिकृत शाहले बताए।

दाउरा भन्दै गोलिया संकलन
बढैयातालगाउँपालिकामा पर्ने मानझुन्डी सामुदायिक वन उपभोक्ता समितिले यस आर्थिक वर्षमा ‘आन्तरिक खपतका लागि काठ दाउरा संकलनलाई रूख कटान सहमति’ प्राप्त ग-यो, जसमा ‘सुखाखडा र ढलापडा’ रूख काट्ने उल्लेख छ। सिसौं १ हजार ६ सय ५३ क्यूफिटका लागि १ सय ९ रुख काट्ने उल्लेख छ। मौकाछोपेर ठकेदार र पदाधिकारीको मिलिमतोमा अधिक रुख कटानी गरेको भेटिएको हो।  उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर रावलले घर लैजान नभई उपभोक्ताका लागि रूख काटिएको बताए। ‘रूख बढी काटिएको छ, म झुट बोल्दैन,’ उनले भने,‘संकलन गरेका काठ बेचेको छैन जस्ताको त्यस्तै छ।’ रावलका अनुसार ७ वटा रूख बढी काटिएको छ । वन कार्यालयको पनि राय नलिएकोलेगल्ती देखिएको उनले बताए।

कटानीमा  आफ्नो कुनै गलत नियत नभएकोे उनले दाबी गरे। ‘काम गर्दा सामान्य गल्ती हुन सक्छ, तर जानजान गल्ती गर्ने हाम्रो मनसाय होइन,’ अध्यक्ष रावलले भने,‘यसअघिका पदाधिकारीले फसाउँन खोजेका मात्र हुन्।’

सूचना दिनेलाई धम्की
वनका फँडानी भएको सूचनादिनेएक स्थानीयलाई सामुदायिक वनका पदाधिकारीले धम्की दिएका छन्। बढैयाताल गाउँपालिका–३ का सुकदेव यादवलाई पदाधिकारीले धम्की दिएका हुन्। ‘फँडानी भएको विषय मैल थाहा पाएर सोधपुछ गरेको थिए,’उनले भने,‘बाहिर कुरा किन लिक गरिस् भनेर धम्की दिएका छन्।’ हामी फसे तलाई पोल्ने भनेर कानुनी रूपमा फसाउँने भनेर धम्की दिएको उनले बताए। फसाउँने धम्की पाएका यादव त्रसित छन्। ‘म विद्यार्थी हुँ,मलाई कानुन केही थाहा छैन, त्यहि भएर मलाई डर लागेको छ,’उनले भने।

प्रकाशित: २० चैत्र २०७४ ०३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App