बलात्कारमा संलग्नलाई कडा कारबाही हुन्छ : गृहमन्त्री

सोमबार, १९ चैत २०७४, २१ : २९ नागरिक

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले दैनिकजसो भइरहेका महिला तथा बालिका बलात्कार घटनामा संलग्न दोषीलाई कडा कारबाही हुने बताएका छन्। 

न्याय तथा अधिकार संस्था नेपाल (जरी) का अध्यक्ष शर्मिला श्रेष्ठ, नेपाल बार एसोसिएन, महिला समितिका अध्यक्ष उषा मल्ल, सर्वोच्च अदालत बार एशोसिएन महिला समिति अध्यक्ष अञ्जु उप्रेतीलगायत विभिन्न संस्थाले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले बलात्कारजस्तो गम्भीर अपराधमा संलग्नलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे। 

अधिवक्ताहरुले महिला तथा बालबालिकाविरुद्ध बढ्दै गएको बलात्कारलगायत यौनजन्य अपराधको रोकथाम तथा नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरेका थिए। ज्ञापनपत्रमा नेपालको संविधानले प्रत्याभूत गरेको लैंगिक हिंसाबाट संरक्षित भई सम्मानपूर्वक बाँच्न पाउने महिला तथा बालिकाको मौलिक हकको प्रभावकारी कार्यान्वयन गरी समाजमा देखिएको हिंसा अविलम्ब रोक्न माग गरिएको छ। 

बलात्कारजस्तो जघन्य अपराधमा प्रहरीले जाहेरी नलिने, मिलापत्रका लागि प्रत्यक्ष अप्रत्यक्ष दबाब दिने, घरगाउँमा नै मिलापत्र गराउन प्रश्रय दिने, दलका नेता कार्यकता तथा स्थानीय जनप्रतिनिधिबाट बलात्कारीलाई संरक्षण दिने खालका काम रोक्न ज्ञापनपत्रमा माग गरिएको छ। नेपाल प्रहरीले दिएको पछिल्लो छ महिनाको अवधि (२०७४ साउनदेखि पुस महिनासम्म) को तथ्याङ्कानुसार ५२७ महिला एवं बालिका बलात्कृत तथा पछिल्लो तीन महिनामा बलात्कारपछि पाँच जनाको हत्या भएको छ। रासस







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

तपाईंको आइफोनले पाउँदै छ नयाँ iOS अपडेट

तपाईंको आइफोनले पाउँदै छ नयाँ iOS अपडेट

iOS १३ आइफोन सिक्स एसभन्दा पछि र सँगै रिलिज भएका आइफोनहरूमा उपलब्ध हुनेछ ...

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

Ncell Footer Ad