१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

डिपिएलमा शक्तिको टिम फेरि पराजित, रसिदले लिए ४ विकेट

कैलाली – सोमपाल कामीको उत्कृष्ट प्रदर्शनमा धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेटको सोमबार (आज) को दोस्रो खेलमा काठमाडौं गोल्डन्स विजयी भएको छ।

धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा सम्पन्न खेलमा काठमाडौं गोल्डन्सले रुपन्देही च्यालेन्जर्सलाई ६३ रनले पराजित गरेको हो।

काठमाडौंले दिएको १८७ रनको लक्ष्य पछ्याएको रुपन्देही १८.४ ओभरमै अलआउट हुँदै १ सय २३ रनमा समेटियो। रुपन्देहीका प्रदिप ऐरीले ४१ बलमा ५ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ५७ रन जोडेपनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

रुपन्देहीका लागि सागर पुनले १८ र दिपक प्रसादले १० रन बनाउनु बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो रनको अंक जोडन सकेनन्। रुपन्देहीलाई  १२३ नमा अलआउट गर्न काठमाडौंका रसिद खानले ४, ललित राजवंशीले ३, सहाब आलमले २ र सन्नी पटेलले १ विकेट लिए। सन्नी पटेल खेलको म्यान अफ दि म्याच भए।

शक्ति गौचन कप्तान रहेको रुपन्देहीले लगातार दोस्रो हार ब्यहोरेको हो। ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौंले भने लगातार दोस्रो जित दर्ता गर्याे।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं गोल्डेन्सले २० ओभरमा ४ विकेटको क्षतिमा १८६ रन बनाएको थियो।

काठमाडौंका लागि सन्नी पटेलले नटआउट ४८ रन बनाए। सुबोथ भाटीले ४२ र अमित श्रेष्ठ ३० रनमा आउट हुँदा नरेश बुढाऐर ३० रनमा नटआउट रहे। ज्ञानेन्द्र मल्ल २० रनमा सिमित हुँदा भुपेन्द्र थापाले १४ रन जोडे। रुपन्देहीका बलरका सुफ्यान मेहमुद, अमर रौटेला र विक्रम भुषालले समान एक – एक विकेट लिए।

प्रकाशित: १९ चैत्र २०७४ ११:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App