१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

निराहार उपासनाको अन्तर्य

प्रत्येक महिना शुक्ल र कृष्ण दुवै पक्षमा एकादशी तिथि पुनरावृत्त भइरहन्छ, खगोलीय गतिमानअनुरुप निरन्तर एकै ढर्राले । ग्रहगोचरहरुका आपसी आकर्षण गुरुत्वाकर्षणले यसलाई निरन्तरता दिएको छ, दिई नै रहन्छ। एकादशी तिथि प्रत्येक शुक्ल र कृष्ण पक्षको एघारौं दिनको समयक्रम हो । एकादशी तिथि निरन्तर दोहोरी–तेहेरी पुनरावृत्त भइरहने भएर भन्न मन लाग्छ– यसलाई एक आदेशी अर्थात् एकै आदेशपालक तिथि कसरी भयो ? फेरि सोध्न मन लाग्छ– आदेश कसको ? कसैको होइन, आफ्नै मात्र । अब खगोलीय गति नै आफ्नो हुन थाल्छ र भइदिन्छ । हामीमा पनि खगोलीय ब्रह्माण्ड अन्तरनिहित छ । दस इन्द्रीय हाम्रा दैहिक अवयव हुन् । ती इन्द्रीय दैहिक खगोलीय नक्षत्रसमान छन् । हाम्रा मस्तिष्क अनि ब्रह्माण्ड ! ब्रह्म–विवेकका उत्सर्जन केन्द्र विश्लेषण मस्तिष्कबाटै हुन्छ ।  त्यसैले हामी तिनैलाई दर्शनको स्रोतकेन्द्र मान्छौं । अनि तिनकै माध्यमबाट हामी विवेचना विश्लेषण गर्छौं । वैज्ञानिक परीक्षण र आविष्कार अनवरत रुपमा गरिरहन्छौं । वर्तमानसम्मका स्वरुप यही क्रमका सार्थक प्रयास हुन् ।

यसरी आफूभित्रै आफैं जीवन्त जीवन बाँच्छौं । जिइन्छ पनि आफंै ! नितान्त महŒवका हुन् आफ्नै चिन्तन–चेतन ! चेतन तŒवबाट चिन्तन प्रादुर्भाव हुन्छ । चेतनाले जीवन जगाउँछ । चेतनाबिनाका शरीर स्थूल रहन्छ । स्थल जडलाई कसैको केहीले छुँदैन । न उसलाई आफ्नै अस्तित्वबोध हुन्छ न कसैको केही सरोकार । जीवनैलाई मात्र मान्न चिन्तन सरोकार रहन्छ । त्यही चेतनले चिन्तन गराउ“दो हुन्छ । एकादशी व्रतका चेतन चिन्तनले ह्याउ राख्छ, सरोकार राख्छ । चेतनशील भनौं चेतनायुक्त जीवन पद्धतिले नै आचरण पालना गर्न सिकाउँछ । एकादशी व्रत पनि आचरणमध्येकै एक हो ।

आचरण आफूलाई हिँडाउने पाइलाका खुड्किला हुन् । पाइला चालिँदै जान्छन्, उक्लिँदा सिँढी उक्लिँदै बढ्छन् ! उक्लिँदै चढ्नु पाइलाका गति हुन्, दुरगामी गतिशीलता ! गतिशील जीवनले जीवन्तता जन्माउँछ। आचरणले गतिशीलता जन्माउन हामीमा आत्मबल जगाइदिन्छ । आत्मबल आचरणको मूल स्रोत हो । आचरणवान आफ्नै चरण, आफ्नै पाइलामा हिँड्छन् । आफ्नै पाइलामा टेक्नेहरु कुबाटो लाग्दैनन्, लाग्न पनि सक्दैनन् । आफ्नै पाइला जीवनका सुपथ बनेका हुन्छन् । सुपथ विचलनमूलक रहन्न । व्रत चर्या आचरण निर्माण, स्थापना, सम्पादन, र सञ्चालननिमित्त नै हो ।

                व्रतचर्यालाई उपवास वा निराहार पनि भनिन्छ । निराहारी उपवासक प्रायः अहोरात्रमा एक छाक भोजन गर्छन् । परन्तु, एक छाके आहार मात्र दृढसंकल्पका उपासना बन्न नसक्ने चिन्तन जीवन–विज्ञानका विश्लेषक चिन्तक, विशेषज्ञ रमेश नेपाल स्ववचन व्यक्त गर्ने गर्छन् । भोजन त्याग्नु उपवासका पारम्परिक संस्कार रहेको छ । परन्तु, मात्र यस्तो उपवासको देन निजी शारीरिक स्वास्थ्यमा लाभप्रद असर पार्न सक्छ । आम जनजीवनमूलक व्यापक सामूहिक संस्कार निर्माण निमित्त सार्थक असर अनि दिगो प्रभाव उत्पन्न गरोइन । एकादशीका सच्चा उपवास त्यस दिन, त्यस अवसरमा एउटै विचार, सत्चिन्तन, संकल्प मूलक उपासना गर्ने प्रण, वाचा, अनि सुदृढता उजागर गर्न एकाग्रता आर्जन गर्नु हो । निराहार बस्नुको अन्तर्य भोजनको एक छाक त्याग्नुमा नै सीमित रहन्न । निराहार÷उपासनाको अर्थ बोधिज्ञानका सीमा फैलिन्छ त्यसपारी पनि । निराहार, एक छाक, उपवासको अर्थ बोधी क्षेत्रले उपासना मार्गसम्म अँगाल्न पुग्छ । उपासनाले हामीलाई दृढ संकल्पित चित्तवृत्ति बनाउन सघाउँछ । उपासना सही दिशा र मार्ग सूचक कर्म योग बन्छ । दिशा निर्देशक मन्त्रलाई प्राप्त गर्न, आत्मसात गर्न उपासना गर्नु जरुरी छ। उपासनाले दृढतासाथ सत्मार्गमा हिँड्ने, लाग्ने अन्तरबल बढाइदिन्छ । अन्तरबल भन्नु आत्मबल हो। आत्मबल बढाउनै हाम्रो यावत संस्कारहरु निर्मित छन् । तिनलाई युगीन विश्लेषण र विवेचनासाथ शुद्धीकरण/परिमार्जन गर्नु धर्म रहे, बनेको छ–सर्वत्र । एकादशी महात्म्यको महिमा निराहार रहनुको खेमा पार गरेर आचरण निर्माण संस्कारलाई सुदृढ पार्न रहन्छ । संस्कार सुदृढ बनाउन सक्दा कर्तव्य, दायित्व र जिम्मेवारी कर्मपालक नागरिक समाज बनाउनु रहन्छ । कर्मयोगी नागरिक समाजबिनाको राष्ट्र अकर्मण्य, अनिर्णीत, उद्वेलित–लिगलिगे रहन्छ, बन्छ । यस्तो स्थिति नहोस् नरहोस्, नबनोस् कामनाका उपवास चिन्तन हाम्रो !

                यो धर्मसापेक्ष सरोकार रहन्छ । यो कुनै धर्म–आस्था–भक्तिभाव मात्र परक सन्दर्भ रहन्न । आम जनजीवन परक सन्दर्भ रहे, बनेको छ यो । पारम्परिक शैली युगीन पारामा अग्रगम्य बनाउनु कुनै पनि जीवन दर्शनका दार्शनिक मार्ग बन्छ, बनेको छ । दर्शनलाई अन्तरालबाटै बुझ्न दर्शन गर्नु हो । अन्तरदर्शन निमित्त अन्तरदृष्टि उघ्रिनुपर्ने हुन्छ । अन्तरदृष्टि उघ्रिन विवेक फुल्नुपर्ने हुन्छ । विवेक फुल्न हाम्रा विवेक–ब्रम्ह उदय हुनुपर्छ । विवेक ब्रम्ह फुले पछि असीमित चेतनाका क्षितिज खुल्छ । क्षितिज खुलेपछि हामीभित्र सार्थक हामी जन्मिन्छौं । विवेक–ब्रम्ह खुलेपछि अनेक आयामयुक्त क्षितीज खुल्छ । जहाँ संकुचन हुन्न । ब्रह्माण्डै खुलेपछि केको संकुचन ? संकुचन त नखुलेको विवेकको अवशेष मात्र ! यसो लाग्छ कि जीवन विज्ञान अध्ययनका सन्दर्भहरु यतै कतै प्रासाड्डिक रैछन् ! त्यसैकारण हुन सक्छ जीवन विज्ञान विशेषज्ञता यस्तै निर्देशित रहेछन् !

                जीवन दर्शनका अन्तरआयामहरु हाम्रा प्राच्य पूर्वजहरुले चर्चा, प्रचार, प्रसारण नगरेका होइनन् । गरेका छन्, प्रशस्तै । एकपटक एक युगका प्रसारण युग युगका भइरहनुपर्छ, रहनु नै छ । कुनै वैज्ञानिक संशाधन विनाका आध्यात्मिक ग्रन्थहरु छन् हामीसित संग्रहृत । हामीबाट पर पुगिसकेका अल्याख जीवन विज्ञान मूलक अनगिन्ति ग्रन्थ र शास्त्र हाम्रै विश्वका गोलाद्र्धमा सुरक्षित–संग्रहृत छन् । कतिपय तिनलाई अध्ययन अवलोकन भ्रमण त्रममा अवलोकन गर्न पाइएका पनि हुन् ।

अन्तर्राष्ट्रिय संग्रहालय, पुस्तकालय, म्युजियम आदि तिनका सुरक्षालय बनेका छन् । कतिपय फ्रान्स, जर्मनीजस्ता मित्रराष्ट्रले तिनमध्ये केही जीवन दर्शनमूलक पुराताŒिवक सम्पदा फिर्ता सुम्पेका दृष्टान्त छन् । ती जीवन विज्ञानमूलक सम्पदा आकृतिहरु मूर्तमूर्ती कलावस्तु रहेका छन् । ती र तीजस्ता कयौं मूर्तिकलाहरुमा कुँदिएका आकृति, अवयव, अंग, हाउभाउ, मुद्रा, अवस्थिति साफ देखिएर पनि भाव–भंगिमाले बिम्बित जीवन विज्ञानमूलक अन्तरभावका रहस्य अमूर्त छन् । ती मूर्त कलाकृतिका परोक्ष रुपमा प्रदर्शित अन्तरभाव व्याख्यान विश्लेषण गर्ने धून, धारणा र लगन पनि एकप्रकारका जीवन विज्ञान अध्ययन अनि उपासना हुन् ।

एकादशी व्रत या अरु कुनै व्रत उपासनाजस्तै चित्तवृत्तिलाई एकाग्र, एकचित्त, संकल्पयुक्त बनाउने तन्मय, मनमय चिन्तन हामी सबैलाई अनिवार्य छ । लाग्छ, जीवनका अनेक आयामिक फाँटमा फैलिएका सबै सन्दर्भ र प्रसंगमा प्राप्ति र उपलब्धि निमित्त उपासना र एकाग्र चिन्तन–संकल्पबिना कुनै पनि विषय र सन्दर्भमा प्रवेश पाउन कठिन साध्य हुन्छ । यो र यस्ता संकल्प, दृढनिश्चय अनि लगनबिना उपलब्ध हुन सक्दैनन् ! दिनभरको निराहार उपासनाको गहिरो संकेत र अर्थ लाक्षणिक बन्छ । लक्षणले संकेत गर्छ, हामीलाई र हाम्रा विवेक चेतलाई । यसको संकेत अझ मार्मिक र गहन छ । यसको लक्षणले उपासना व्रत या एकछाके निराहारले एक दिनभर भए पनि एउटै लक्ष्यमाथिको प्रगाढ चिन्तन भइरहून् ! निरन्तर भइरहने, गरिरहने अनवरत ध्याउन्न÷उपासनाले हाम्रा चिन्तनशील मस्तिष्कका कोषिका (सेल) मा प्रगाढ छाप राख्छ । गहिरो जरा गाड्छ । गहिरिएका जराजुरीले हाम्रा चिन्तन धारलाई तनमयतापूर्वक उपयोगमा ल्याउन वृहद् आयाम खोल्छ ।

                यति गम्भीर आयाम बोक्दो उपासनाका व्रतचर्या मात्र अनिधात्मक र लाक्षणिक अर्थ बोधक छैन । अपितु, तिनका बोधिवृक्षका जराजुरी व्यञ्जना तहसम्म पनि विस्तीर्ण हुन पुग्छ । व्यञ्जना तहका अर्थ उपासनाका सन्दर्भ ब्रह्म–विवेकका क्षितिज भइदिन्छ । त्यस तहका सार मूलक विश्लेषणले गहिरोमा पनि गहिरो अर्थबोध गराउँछ । व्रत, उपवास उपासना धर्म–कर्म नितान्त कर्म योगमा पुगेर सन्तोषको सास फेर्न पुग्छ । अनि हामीमा धर्म र कर्मका विभेद मेटिन थाल्छ । कर्म गरेरै धर्म साधना हुन पुग्छ । धर्म भन्नु कर्म हो । कर्मशील जीवन नै धार्मिक बन्न सक्छ– बन्छ ! व्रत, निराहारको अर्थ आफै खुल्न पुग्छ, थाल्छ । निराहार–व्रत चर्या गरेर मनलाई एकाग्र पारौं । हाम्रो चित्तवृत्ति एउटै कर्मयोग गर्न कर्तव्य परायण बन्ने मनोविज्ञानलाइ यथार्थ बनाउनुमा निहित रहेको छ । अधिकारै अधिकार शब्दजाल जताततै वाचाल बनेका हाम्रो वर्तमानले परिपालन गर्नुपर्ने युगधर्म उपासनाको एकदिने एकादशी महात्म्य यही ठान्छु कर्तव्य परायणता !

लेखक संस्कृतिविद् हुन् ।

प्रकाशित: ८ भाद्र २०७३ ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App