साढे दुई सय कर्मचारी कार्यक्षेत्र पुगेनन

सोमबार, १९ चैत २०७४, ०८ : १७ नागरिक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले खटाइएको ठाउँमा नजाने कर्मचारीलाई वर्खास्त गर्ने चेतावनी दिएपनि दुई महिनाअघि प्रदेशमा खटाइएका दुई सय ५० भन्दा बढी कर्मचारी अझै कार्यक्षेत्र पुगेका छैनन्। 

कार्यक्षेत्र नजाने कर्मचारीलाई मात्रै होइन जानलाई रमाना नदिने र गएपछि हाजिर नगराउने कार्यालय प्रमुखलाई समेत कारबाही गर्ने भन्दै प्रधानमन्त्री र सामान्य प्रशासन मन्त्रीले चेतावनी दिँदै आएपनि प्रदेशमा खटाइएका १ हजार १ सय ४३ कर्मचारीमध्ये २ सय ५० भन्दा बढी कर्मचारी अझै कार्यक्षेत्र नपुगेका हुन्।

संघीय मामिला तथा सामान्यप्रशासन मन्त्रालयका अनुसार खटाइएका कर्मचारीमध्ये केही विरामी भएको बाहना बनाएर बीचमै हराएका छन्, केही खबरै नगरी गायब छन् भने केही महत्वपूर्ण जिम्मेवारी भएकाले जिम्मेवारी हस्तान्तरण गर्न ढिलाइ भएको निहुँ निकालेर काठमाडौंमै बस्दै आएका छन्।

‘सरुवा गरिएका सहसचिव, उपसचिव लगायतका दर्जनौं उच्च अधिकारीनै विभिन्न बाहना बनाएर भाग्दासमेत कुनै कारबाही हुन सकेको छैन। बर्खास्त गर्छु, कारवाही गर्छु भन्नु साना कर्मचारीलाई तर्साउन मात्रै रहेछ।’

मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवराम न्यौपानेले अझै २ सय ५० भन्दा बढी कर्मचारी खटाइएको ठाउँमा नपुगेको बताए। ‘मन्त्रालयले खटाएका कर्मचारी अधिकांश कार्यक्षेत्र पुगेपनि २ सय ५० भन्दा बढी कर्मचारी अझै कार्यक्षेत्र पुगेका छैनन्,’ न्यौपानेले भने ‘केही बिरामी भएकाले गएका छैनन्, केही महत्वपूर्ण जिम्मेवारी हस्तान्तरण गर्न समय लागेकाले गएका छैनन् र केही सम्पर्कमै छैनन्।’ उनले सबै कर्मचारीलाई तोकिएको कार्यक्षेत्रमा खटाउने काम भैरहेको बताए। 

प्रधानमन्त्री र विभागीय मन्त्रीले खटाइएको ठाउँमा नगए हाजीर नगराउने, जागिरवाट बर्खास्त गर्ने चेतावनी दिँदै आएपनि त्यस्ता कर्मचारीलाई कारबाही गर्न मन्त्रालयले अझै नजाने कर्मचारीलाई के गर्ने भन्ने कारबाहीको कुनै कदमनै चालेको छैन। खटाएका कर्मचारी कार्यक्षेत्र जानुको सट्टा केही खुलेआम आफ्नो सरुवा मिलाउन मन्त्री, नेतामार्फत लबिङ गर्दै आइरहेका छन्। सहसचिव न्यौपानेले कर्मचारीलाई पठाउन प्रधानमन्त्री, मन्त्री, मुख्य सचिव, सचिवले विभिन्न कार्यक्रममा निर्देशन दिएको भएपनि अहिलेसम्म कारवाहीबारे कुनै लिखित पत्रचार भने मन्त्रालयले नगरेको बताउँछन्। ‘विभिन्न कार्यक्रममार्फत मन्त्रीज्यू, सचिवज्यूले कर्मचारीलाई तोकिएको ठाउँमा खटाउन सहयोग नगर्ने, रमाना नदिने, हाजिर नगराउने कर्मचारीलाई पनि कारबाही गर्न निर्देशन त दिनुभएको हो,’ न्यौपानेले नागरिकसँग भने ‘कानुनमा खटाएको ठाउँमा नजानेलाई बर्खास्तसम्म गर्न सकिने व्यवस्था त छ तर अहिलेसम्म कुनै कारबाही भने भैसकेको छैन।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने खटाएको ठाउँमा नजाने कर्मचारीको गतहप्तादेखि हाजिर रोकिएको बताए। ‘खटाएको ठाउँमा नजाने कर्मचारीको गतहप्तादेखि हाजिरी रोकिएको छ,’ मन्त्री पण्डितले भने ‘सबै ठाउँबाट रिपोर्ट लिने काम भैरहेको छ, अब निजामती सेवा ऐनअनुसार कारबाही अघि बढ्छ।’ उनले हाजिर रोकिएकै दिनदेखि कारबाही प्रक्रिया सुरु भएको दाबीसमेत गरे। उनले खटाएको ठाउँमा नजाने कर्मचारीले जागिरबाट हात धुनुपर्ने बताए।

सहसचिव नै हराए
सामान्य प्रशासन मन्त्रालयले गत माघ २३ गते खानेपानी मन्त्रालयका सहसचिव राजन पाण्डेलाई प्रदेश नम्बर ७ को भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रदेश सचिवकारूपमा खटायो। तर प्रदेश सचिवजस्तो महत्वपूर्ण पदमा खटाइएका पाण्डे न खटाइएको प्रदेशमा काम सम्हाल्न गए न मन्त्रालयमानै हाजिर भए प्रदेश सचिवमा खटाइएको व्यक्ति हाजिर हुन पनि नगएको मन्त्रालय पनि नआएको भन्दै सातदिनभित्र खटाएको ठाउँमा जानू अन्यथा कानून बमोजिम कारवाही हुने भन्दै खानेपानी मन्त्रालयले फागुन १६ गते गोरखापत्रमा सूचना निकाल्यो। तर गोरखापत्रमा सूचना निस्केको एक महिना बित्दा पनि पाण्डे सम्पर्कमा छैनन्। झण्डै दुई महिना पहिले प्रदेश सचिवमा खटाइएको व्यक्ति अनुपस्थित हुँदा पनि सरकारले अझै कारवाही प्रक्रिया अघि बढाएको छैन। प्रदेश मन्त्रालयको सचिवनै नगएपछि प्रदेश नम्बर ७ का भौतिक पूर्वाधार विकास मन्त्रालयको कामकाज प्रभावित भएको गुनासो आएपछि सरकारले त्यस ठाउँमा क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय पोखराका सुपरिटेण्डेन्ट इन्जिनियर रमाकान्त दुवाडीलाई फागुन २३ गते खटायो। तर खटाइएको झण्डै महिना दिन हुन लाग्दा पनि दुवाडी पनि अझै प्रदेश मन्त्रालयमा हाजिर हुन गएका छैनन्। उनी आफ्नो सरुवा उल्ट्याउन अहिले सिंहदरवारमै दौडधुपमै छन्। सहसचिव जस्तो जिम्मेवार पदाधिकारीसमेत खटाएको महिनादिनसम्म सम्पर्क बाहिर हुँदा सरकारले पाण्डे र दुवाडीलाई कारबाही प्रक्रिया अघि बढाउन सकेको छैन। ‘सरुवा गरिएका सहसचिव, उपसचिव लगायतका दर्जनौं उच्च अधिकारीनै विभिन्न बाहना बनाएर भाग्दासमेत कुनै कारबाही हुन सकेको छैन,’ सामान्य प्रशासन मन्त्रालयका एक कर्मचारीले भने, ‘नगए बर्खास्त गर्छु, कारवाही गर्छु भन्नु साना कर्मचारीलाई तर्साउन मात्रै रहेछ।’ 






यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत शनिबार आफ्नो गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम...

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपालको औधोगिक तथा ब्यबसायिक घराना माझ लोकप्रीय तथा देशको आर्थिक विकासमा सर्मपित एम. भी. दुगड़ ग्रुप नेपालको सफल ब्यबसायी दुगड...

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अब विकास...

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

टाटा मोटर्स् नेपालको लागि एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि द्वारा दशैं वम्पर लक्की ड्र को उपहार घोषणाको कार्यक्रम...

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

ब्लड बैंक सेवालाई पुन सुचारु गरी  सञ्चालनमा ल्याउन राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पताल बिच सम्झौता भएको छ। ...

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

भक्तपुरको सल्लाघारीमा गत शुक्रबारदेखि सुरु भएको एक्स्पो आइतबारसम्म करिब पाँच हजारभन्दा धेरैले अवलोकन गरेको महासंघले जनाएको छ। ...

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ। ...

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

नेपाल भ्रमण वर्ष २०२० को आन्तरिक र अन्तर्राष्ट्रिय प्रचारका लागि नेपाली कलाकारहरू ७ फीट ह ६ फीट को आकारका १०८...

Ncell Footer Ad