१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अबैध खानीहरुमा मेरो संलग्नता छैन : पुन

काठमाडौं- उपराष्ट्रपति पुत्र दिपेश पुनले कुनै पनि वालुवा खानीमा आफ्नो संलग्नता नरहेको बताएका छन्। आइतबार उनको नाम जोडिएर समाचार प्रकाशित भएपछि पुनले विज्ञप्ती जारी गर्दै वालुवा खानीमा आफ्नो लगानी नभएको बताएका हुन्। आइतबार ‘बागमतीमा अवैध वालुवा खानी, गृहमन्त्रीकै आडमा तस्करी’ भन्ने समाचार प्रकाशित भएको थियो।

‘गोदावारी नगरपालिका–८, डुकुछाप ललितपरस्थित ‘साईनिङ बालुवा वासिङ सेन्टर’मा मेरो पनि लगानी छ भन्ने समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनेका छन्,  ‘उक्त बालुवा खानीमा मेरो कुनै लगानी नभएको सबैमा स्पष्ट पार्न चाहन्छु। साथै, उक्त बालुवा खानीमा मेरो लगानी छ भन्ने कुरामा सत्यता नभएको जानकारी गराउन चाहन्छु।‘

‘कुनै पनि अवैध काममा मेरो संलग्नता म आफै कल्पना गर्न सक्दिनँ। सबै प्रकारका अवैधानिक कामहरु बन्द हुनुपर्दछ’, विज्ञप्तीमा उनले भनेका छन्, ‘अवैध भनि समाचारमा आएको ‘साईनिङ बालुवा वासिङ सेन्टर’ मात्रै होइन सबै प्रकारका अवैध बालुवा खानी र अवैध कामहरुलाई सम्बन्धित निकायले तुरुन्त बन्द गराउनुपर्दछ। म आजैको मितिदेखि ‘साईनिङ बालुवा वासिङ सेन्टर’लगायत सम्पूर्ण अवैध बालुवा खानीहरु बन्द गर्न, गराउन सम्बन्धित पक्षसँग आग्रह गर्दछु। अवैध कामहरुलाई रोक्न मेरो जुन भूमिका हुनुपर्ने हो, त्यो भूमिकाका लागि म सदा सर्वदा तयार छु।‘

प्रकाशित: १८ चैत्र २०७४ ०७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App