१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कृष्णपुर नगरपालिकामा ११ कानून पारित

कञ्चनपुर– कञ्चनपुरस्थित कृष्णपुर नगरपालिकाले ११ वटा कानून पारित गरेको छ। शुक्रबार र शनिबार बसेको नगर कार्यपालिको १४ औं बैठकले विभिन्न ११ वटा निर्देशिका र कार्यविधिहरु पारित गरेको मेयर कर्ण बहादुर हमालले जानकारी दिए।

उनका अनुसार स्थानीय राजपत्र प्रकाशनको प्रक्रिया, मदिरा बिक्री वितरण, व्यवस्थापन तथा नियमन निर्देशिका २०७४, कार्यपालिका अन्र्तगत समिति÷उपसमिति गठन सम्बन्धि कार्यविधि २०७४, उपभोक्ता समितिको गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७४ रहेका छन्। 

त्यस्तै, छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन निर्देशिका २०७४, जेष्ठ नागरिक परिचयपत्र वितरण कार्यविधी २०७४, टोल विकास संस्था सञ्चालन कार्यविधि २०७४, मर्मत सम्भार कार्यविधि २०७४, टिप्पर तथा टयाक्टर सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७४ पारित गरेको छ। 

घ वर्गको निर्माण व्यवसायको नयाँ इजाजत पत्र जारि, नविकरण, नामसारी तथा खारेज गर्ने सम्बन्धि कार्यविधि २०७४, ब्याक हो लोडर सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७४ पारित गरिएको छ। शुक्रबार पारित भएका ११ वटा कार्यविधि गरि हालसम्म नगरपालिकाले २० वटा ऐन, नियम तथा कार्यविधि पारित गरिसकेको हमालले बताए। 

प्रकाशित: १७ चैत्र २०७४ १३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App