१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नगर प्रमुखले गरे सीमा अनुगमन

महेन्द्रनगर – बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीसहितको एक टोलीले भारतसँग जोडिएको सीमा क्षेत्रको अनुगमन गरेका छन्।

शनिबार कञ्चनपुर क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित प्रदेश नम्बर ७ का माननिय सांसद कुलबिर चौधरी, बेलौरी नगर स्तरीय शान्ति समितिका संयोजक बलदेव सिंह बुडाल, एमालेका नेता पल्लब राज भट्ट लगायतको संयुक्त टोलीले बेलौरी नगरपालिकासँग जोडिएको दशगजा क्षेत्रमा अनुगमन गरेका हुन्।

त्यससँगै टोलीले बेलौरी छोटी भन्सार नाका जोड्ने सडक, बेलौरी नगरपालिका– ६ बोट गाँउमा भारतसँग जोडिएको नेपाल –भारतको विवादित सीमा सडक निर्माण र वैशाखा पुल देखि खजुरिया नाका जोड्ने सडक डुबानको अवस्थालाई मध्यनजर गरी ‘जिरो प्वाईन्ट’ पत्ता लगाएर पानी निकासका लागि सडक स्तरउन्नती गर्ने लक्ष्य समेत अनुगमन गर्नुको रहेको बेलौरी नगर स्तरीय शान्ति समितिका संयोजक बुडालले बताए।

अनुगमन टोलीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग एक अनौपचारिक छलफल गरि नेपाल– भारत सीमा क्षेत्रमा पर्ने सडकको चौतर्फी अनुगमन गरेको हो। छोटी भन्सार नाका हुँदै नयाँ गाउँदेखि बोटगाउँसम्मको निर्माणाधिन सडक क्षेत्रको स्तथलगत अवलोकन समेत टोलीले गरेको छ।  

उक्त सीमा सडक निर्माण र स्तरउन्नतीको कार्य चाँडो भन्दा चाडो सञ्चालन हुने सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ। भारतीय दशगजा क्षेत्र जोड्ने सीमा सडकको निर्माण कार्य सम्पन्न भए र बेलौरीको छोटी भन्सार नाका सञ्चालन भएमा यस क्षेत्रको आर्थिक सम्वृद्धिमा टेवा पुग्ने नगर प्रमुख चौधरीले बताए। उनले यसकालागि नगरपालिकाबाट सम्बन्धीत निकायमा पहल गरिरहेको समेत बताए।

प्रकाशित: १७ चैत्र २०७४ ०९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App