अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण

धुर्मुस सुन्तलीलाई ओलीले भने : तपाईहरू काम सुरु गर्नुहोस, सरकार सकारात्मक छ

शनिबार, १७ चैत २०७४, ०९ : ३५ शालिक भट्ट  | @KakaShalik

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका धुर्मुस सुन्तलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

शुक्रबार साँझ साढे सात बजे प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच झण्डै एक घण्टा कुराकानी भएको थियो। कुराकानीका क्रममा धुर्मुस सुन्तलीले कुनैपनि हालतमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्नुपर्ने र यो सरकारकै अगुवाईमा हुनुपर्ने बताएका थिए। 

जवाफमा प्रधानमन्त्री ओलीले सरकार यस कार्यप्रति सकारात्मक भएको बताएका थिए । छलफलका बारेमा नागरिकसँग कुरा गर्दै धुर्मुसले भने, ‘प्रधानमन्त्रीज्यू हामीप्रति सकारात्मक हुनुहुन्छ, छलफलमा उहाँले भन्नुभयो, तपाईहरू यसको तयारीमा जुट्नुहोस् सरकार सकारात्मक छ । भारत भ्रमणपछि फेरि बसौला, तपाईहरू पूर्वतयारीमा लाग्नुहोस।’

प्रधानमन्त्री ओलीको भनाईले आफ्नो हौसला बढेको भन्दै धुर्मुसले भोली(आइतबार) सम्ममा इन्टरनेशनल क्रिकेट स्टेडियम निर्माण समिति गठन गर्ने बताए। उनले भने, ‘यो कति सदस्यीय बन्नेछ, यो समितिमा को को हुनेछन् भन्नेबारेमा हामी चाँडै नै जानकारी दिनेछौँ। सकेसम्म यस विषयमा जान्ने, काममा खटिने व्यक्तिलाई यस समितिमा समेट्ने छौँ।’

साथै उनले रंगशाला निर्माणका लागि सम्बन्धित निकाय, मन्त्रालय, र व्यक्तिसँग समन्वयन गरेर अगाडि बढ्ने बताए।

धुर्मुसले बिहीबार फेसबुक मार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेका थिए। 

 





यसमा तपाईको मत

अन्य समाचार

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह गर्ने तरिका ! ...

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

Ncell Footer Ad